Preeya Subba
28/10/2012 23:58
मुम्बईको चर्चराउँदो भूमिमा प्रियाको संघर्ष
........सञ्जय प्रधान--
‘‘इस.......स.......स.......कोई है ?’’.....हॉ........यहॉं प्रिया..........सुब्बा है ! स्टार वान टेलिभिजन च्यानलको यस लोकप्रिय हरोर-भूत्याहा हिन्दी धारावाहिक हेर्ने नेपाली दर्शकहरू धेरै छन् । ‘‘रूक्मणी मेन्सन्’’ शीर्षक नाम भएको यस धारावाहिकको 6 वटा श्रृंखालामा एउटा मुख्य भूमिका निर्वाह गर्ने प्रिया सुब्बालाई नेपाली समाजमा कसैले पनि उति बढ़ी याद गरेनन् । अब यी प्रतिभाशाली नेपाली कलाकारलाई सबैले आफ्नो स्मृतिपटमा राख्दा हुन्छ। मुम्बईलाई भारतीय चलचित्रको मक्का मानिन्छ । चलचित्रको रजतपटमा आफूलाई प्रस्तुत गर्ने कुनै पनि कलाकारको अर्न्तमनमा मुम्बई-बलिवुडको संघर्षपूर्ण भूमिमा पाइताला टेक्ने अदम्य इच्छा हुन्छ। कति संघर्ष गर्दा गर्दै हताश भएर फर्किन्छन् भने कति संघर्ष गरेरनै आफ्नो लक्ष्यमा पुग्छन्। अहिले मुम्बईमा संघर्ष गर्ने कलाकारहरूमा एकजना प्रिया पनि हुन्। गएको सात वर्षदेखि प्रिया मुम्बईमा संघर्षरत् छिन्। अहिले छब्बीस वर्ष पुगेकी प्रियाले आफू अघि आउँदै गरेका चुनौतीहरूलाई हॉंस्दै हॉंस्दै सामना गर्दै अघि बढ़दैछिन् । आफ्नो कला प्रतिको इमान्दारिता र प्रतिभाकै बलमा उनले दुरदर्शनका धेरैवटा धारावहिकहरूमा अभिनय गरिन् । सन् 1997-98 सालमा सुनिल अग्निहोत्रीको धारावाहिक ‘चन्द्रकान्ता’ लोकप्रिय भएको थियो। अहिले सुनील अग्निहोत्रीले फेरि यहि धारावाहिक नयॉं गरि तयार पारेको ‘‘कहानी चन्द्रकान्ता की’’ साहरा वान टेलीभिजन च्यानलमा सॉंझ सॉंड़े सात बजी सोमबारदेखि शुक्रवारसम्म प्रसारण भइरहेका ेछ। यस धारावाहिकमा उनले महाराज शिवदतको कारिन्दा ऐयार जमुनाको भूमिका निर्वाह गरेकी छिन् । प्रिया अभिनेत्री मात्र होइनन् उनीसित धरै खुबीहरू पनि छन्।
प्रिया आफूले भूत्याहा धारावाहिकमा अभिनय गरिन् तर भूतमाथि पटक्कै विश्वास गर्दिनन् । भूत हुन्छ भनेर सोद्धा हॉंस्दै भन्छिन्-‘‘भूत हुँदैन। मलाई त विश्वास लाग्दैन्।’’ तपाईलाई डर लाग्छ ? भन्दा फ्याट्टै जवाब दिन्छिन्-‘‘अहँ मलाई केहीसित पनि कसैसित पनि पटक्कै डर लाग्दैन। अँ......अँ......तर अँन्ध्यारोसित चॉंहि डर लाग्छ। मलाई सानैदेखि अँध्यारो मन पर्दैन र अहिले पनि बत्ती बालेर सुत्छु।’’ हो प्रियालाई सानैदेखि कालो अँन्ध्यारो पटक्कै मन पर्दैन। अहिले पनि उनी कालो अँध्यारो कोठा, संसार अनि जनतालाई कालो अन्धकारमा राख्ने भ्रष्टाचारी दुनियॉंलाई मन पराउँदिनन्। भ्रष्टाचारकै विरोधमा नारा लगाउँदै उनी पनि अन्ना हजारेको समर्थन गरेर अनशन स्थल दिल्लीको रामलीला मैदानमा पुगेकी थिइन्। अँध्यारोसित डराउने प्रियासित संघर्ष गर्ने आत्मशक्ति धेरै बलियो छ। अहिले उनले मुम्बईलाई आफ्नो कर्मक्षेत्रको रणभूमि बनाएकी छिन्। यसमा उनलाई बाबु सुशिल सुब्बा, आमा पद्मा सुब्बा, दुइ भाईहरू अर्पण र आशिष सम्पूर्ण परिवारलेनै पूरा हौसला दिन्छन् र जसको कारणले गर्दा काम गर्ने आत्मविश्वास बलियो हुन्छ। प्रियाकी बाबु सुुशिल सुब्बा पोख्रेबुङका अनि आमा पद्मा सुब्बा कार्बीआङलोङ असमकी हुन् । बाबुको व्यवसाय शिलङ मेघालयमा भएका हुनाले परिवार सबै उतै थिए। केही वर्षदेखि उनीहरू सालबारी, सिलगढ़ी निवासी हुन्। प्रिया उता शिलङमानै जन्मिएकी हुनाले वाल्यकाल र विद्यार्थी जीवन पनि उतै बिताइन्। शिलङको टाइनिस कर्नर विद्याालयमा पॉंच कक्षासम्म अनि यसपछि 6 कक्षादेखि गोर्खा पाठशालामा पढ़िन् र यहिँबाट म्याट्रिक उत्तीर्ण गरिन्। गारो हिल्सको कलेजबाट बाह्र कक्षा पास गरिन्। उनी इन्टेरियर डिजाइनर भएकी हुनाले यसैलाई पनि पेशा बनाउन सक्छिन्। इन्टरन्याशनल फेशन इन्सटिटियुट अफ् डिजाइनिङ (आईएनएफडी) बाट इन्टेरियर डिजाइनिङ पास गरेकी हुन्। अहिले यसलाई पेशा बनाएकी छैनन्। सानैदेखि अभिनय र नृत्यमा बढ़ी रूचि भएका हुनाले यसैलाई अहिले पेशाको रूपमा अप्नाएकी छिन्। सानैदेखि प्रियाले चलचित्रमा नायिका बन्ने लक्ष्य लिएकी हुन्। सानी विद्यार्थी हुँदाखेरि विद्यालयका कार्यक्रमहरूमा नृत्य गर्थिन् र साथमा नाटकहरूमा खेल्थिन्। यसरी नृत्य र नाटकहरू गर्दा गर्दै उनी यसमा बिस्तारै भिज्दै गइन् र अहिले अभिनय कलाको सम्बन्ध उनीसित हाड़ र मासुको जस्तै कहिले छुट्न नसक्ने भएको छ। यसैले पनि उनलाई अभिनयको क्षेत्रमा खासै तालिम लिन परेन्। उनी अभिनेत्री मात्र होइनन् एंकर साथै मोडल पनि हुन्। 2001 सालमा विद्यार्थी छंँदा मेघालयमा भएको ‘‘मिस गारो हिल्स’’ प्रतियोगितामा उनलाई मिस ब्युटीफूल आइज्को उपाधिले पुरस्कृत गरिएको थियो। प्रियाको असल यात्रा सिक्किम राज्यबाट खेलाइने लटरी सुपर लोटोबाट शुरू भयो। 2004 सालमा यसको एंकरको लागि भएको अडिशनमा प्रिया छनौट भएर गान्तोक सिक्किम आइन्। करीब एक वर्ष जति गान्तोकमानै सुपर लोटोको एंकरको रूपमा काम गरिन्। त्यहॉं काम गर्दै गरेको समयमा सिक्किममा दिल्लीबाट दुरदर्शनको लागि धारावहिकको निर्देशकका साथमा एउटा टोली आएर अडिशन राखेको थियो। अभिनयको लागि यस्तै ठूलो छाता खोज्दै थिइन् र अडिशनमा बसिन्। अडिशनमा जस्तो बसिन् उस्तै छनौट पनि भइहालिन्। अनि सुपर लोटोमा एंकरको काम छोड़ेर 2005 सालमा आफ्नो लक्ष्यलाई निशाना बनाएर दिल्ली तर्फ लागिन्। दिल्ली पुगेर उनले दुरदर्शनको राष्ट्रिय च्यानलमा प्रसारण हुने मंगलसुत्र, हारा हुआ आदमी, बाह्र साल बाद जस्ता धारावहिकहरूमा अभिनय गरिन्। विद्यार्थी जीवनमा नाटककै क्षेत्रबाट अभिनयमा अनुभव बटुलेकी हुनाले गर्दा दिल्लीमा पनि त्यहॉंका सुपरिचित नाटककारसित हिन्दी नाटकहरूमा पनि अभिनय गरिन्। 2005 सालमा यसरी नाटक गर्दा गर्दै मुम्बई गइन्। मुम्बईमा दुइ तीनजना साथीहरू चिनजान भएकोले गर्दा मुम्बई जान सजिलो भयो। मुम्बई जान सजिलो भए पनि त्यहॉं पुगेर शुरू हुन थाल्यो उनको जीवन संघर्ष।
2005 सालमानै प्रिया मुम्बईमा पुगिन्। मुम्बई जहॉं नयॉंहरूका लागि धेरैनै कठिन पर्ने ठाउँ हो। प्रारम्भमा त यहॉं नयॉं कलाकारहरूका लागि फलामको चिउरा चपाएको जस्तै हुन्छ। यस्तै धेरैनै कड़ा चुनौतीहरूको सामना गर्नु पर्ने ठाउँमा पाइतला टेकिन्। मुम्बई पुगेर अडिशनमा बसिन् धेरै दिनसम्म केही खबर आएन। यस्तो अडिशन त प्रियाले निक्कै दिएकी थिइन्। यस्तैमा उनी एउटा अडिशनमा पास भइन्। त्यहॉं विनोद कुमारद्वारा निर्देशित हिन्दी चलचित्र ‘‘तुझको पुकारे’’ मा पहिलो ब्रेक पाइन्। शितल शाह, विजय आनन्द, किरण कुमार, मनिष वाडवा भएको यस चलचित्रमा प्रिया सहनायिकाको भूमिकामा थिइन्। उनले बताएअनुसार यो चलचित्र उति बढ़ी चलेन तरै पनि गुजरात, बंगलोर र बिहारमा भने प्रेरणा पाउन सक्ने खालको गरिनै चल्यो। यसरी पहिलो ब्रेक पाउँदा सानैदेखिको नायिका बन्ने लक्ष्यको मूल बाटो भेटाएको महसुस गरिन्। यसपछि उनले अडिशनहरू निरन्तर दिइनै रहिन्। फलस्वरूप उनले सुनिल अग्निहोत्रीको पॉंच सय अस्सी श्रृखंला भएको ‘‘जिन्दगी एक सफर’’ धारावाहिकमा काम गर्ने मौका पाइन्। यसको एक सय नब्बे वटा श्रृखंलामा जीनाको रूपमा नेगेटिभ भूमिका निर्वाह गरिन्। यो धारावाहिक डी डी वानमा प्रसारण हुन्थ्यो। डी डी लखनउमा प्रसारण हुने धारावाहिक ‘कमेडी नम्बर वान’ मा पनि काम गरिन्। एनडीटीभी इमाजिन् च्यानलमा प्रसारण भएको धारावहिक ‘‘ब्ल्याक’’ मा पनि अभिनय गरिसकेकी छिन्।
मुम्बई बलिवुडको जमीनमा पाइताला राखेपछि अभिनयको क्षेत्रमा प्रवेश गर्न प्रियालाई साह्रै सजिलो भएन। निक्कै संघर्ष गर्नु परयो अनि अझ पनि संघर्षरत् छिन्। दिनमा तीन चारवटा अडिशनमा बस्थिन् तर पनि कतैबाट कल आउँदैन थियो। कति ठाउँबाट कामको लागि कल आयो तर मान्छे राम्रो नभएको कारणले गर्दा काम गरिनन्। मुम्बईकै कति ठाउँमा त उनलाई चलचित्रको लाइनमा चल्दैन नआउनु पनि भन्थ्यो भने कति ठाउँमा सम्झौताको कुरा समेत चुनौती भएर प्रियाको अघि आयो। यस्ता कुराहरू प्रियालाई पटक्कै मन परेन अनि आफ्नै प्रतिभाको बुत्तामा संघर्ष गर्दै अघि बढ़िन्। यस्तै चुनौतीहरूले गर्दा आफ्नो प्रतिभालाई तिखार्न थालिन्। कुनै पनि चुनौतीहरूसित उनी डराइनन्। मुम्बईमा उनलाई हौसला दिन आमा-बाबा आउँथे अनि भाई साथमा थिए। पहिला मुम्बई पुग्दा पेइङ गेस्टमा पनि बस्न गाह्रो परेको थियो। एक त अतिनै महङ्गो अनि जसलाई पायो उसलाई राख्दैन पनि थियो। आफू बलियो नभए शोषणको शिकार समेत हुने कुरा उनी गर्छिन्। हिजोआज अचॉंहिदो रूपमा केटीहरूलाई कम्ति लुगामा एक्सपोज गराउने कुरालाई प्रियाले मान्यता दिँदैनन्। उनका कुराअनुसार अडिशन हुन्छ तर सबै बाहिरबाटनै तयारी भइसकेको हुन्छ। यस सिलसिलामा उनी भन्छिन्-‘‘यो सब ठीक होइन्। यस्ता कुराहरूले गर्दा जोसित प्रतिभा छ उ पछि पर्छ। यस्तो कार्य एकप्रकारले महिलाहरूमाथि शोषणनै हो।’’
प्रियाले प्रतिभाकै बलमा ‘‘कहानी चन्द्रकान्ता की’’ जस्तो लोकप्रिय धारावाहिकमा ऐयार केटी जमूनाको भूमिकामा अभिनय गर्ने मौका पाइन्। यस धारावाहिकमा ऐयारको भूमिका खुबै रोचक छ। ऐयार अर्थात खेपैपछि मन्त्र शक्तिको बलमा शत्रुलाई दिग्भ्रमित पार्नलाई विभिन्न व्यक्तिको रूपमा आफूलाई परिवर्त्तन गर्न सक्ने व्यक्तित्व। प्रियालाई यो भूमिका खुबै मन परेको थियो। यथार्थ जीवनमा पनि यस्तै हुन सक्ने भए कस्तो हुन्थ्यो नी भन्दा उनी खित्का छोड़ेर हॉंस्दै भन्छिन्-‘‘ओहो ! यस्तो हुनसक्ने भइदिएको भए त कति राम्रो हुन्थ्यो नी !’’ तर यसमा उनले 6 वटा श्रृखंलामा मात्र काम गरिन्। कारण यसको सुटिङ गुजरातमा भएको हुनाले मुम्बईबाट धाउन अलिक गाह्रो परयो। उनले बाल चलचित्र कृष्ण द पावर वुमेन, स्याटर डे नाइट, 99 बञ्जारा हिल्स् जस्ता बलिवुडका चलचित्रहरू लगायत तेलगु भाषाको चलचित्रमा पनि काम गरेकी छिन्। प्रिया नायिका भएकी भोजपुरी चलचित्र ‘‘प्यार के रंग हजार’’ आउँदो अप्रेल-मई महीनामा रिलिज हुनेछ। यसमा नेपाली चलचित्रका कलाकार विराज भट् नायक छन्। यस बाहेक भेनस् म्युजिक कम्पनीको पुराना गीतहरूलाई रिमिक्स गरिएको दुइवटा म्युजिक भीडीओमा मोडलको रूपमा छिन्। नृत्यको कार्यक्रमहरू लिएर उनी दुबई, सिंगापुर, थाइल्याण्ड अदि मुलुकहरू पनि पुगिसकेकी छिन्। अहिलेसम्म प्रियाले नेपाली चलचित्रमा भने प्रवेशनै गरेकी छैनन्। उनलाई यसको लागि नेपाल जाने विचार कहिले पनि आएन। तरै पनि नेपाली चलचित्र मनपराउँछिन्।
सुटिङमा व्यस्त रहने प्रिया घरेलु छिन्। खाना बनाउनमा पनि उस्तादनै छिन्--यसको लागि बेग्लै तालिमनै लिएकी छिन्। चकलेट, केकहरू सबै आफै बनाउँछिन् अनि मोमो पनि राम्रो बनाउँछिन् साथै अझ अरू पनि धेरै खानाहरू बनाउन जान्दछिन्। यसका साथै उनी आफै इन्टेरियर डिजाइनर भएका हुनाले घर चॉंहि खुबै राम्रो सजॉंउछिन्। डिजाइनर भएकै कारणले गर्दा पनि होला चित्रकला खुबै मनपराउँछिन्। तर भन्छिन्-‘‘मलाई चित्रकला मनपर्छ तर बनाउन आउँदैन ।’’ सानोमा कम्ति बोल्ने प्रिया फर्साइली स्वभावकी छिन्। समाज सेवा गर्न खुबै रूचि राख्छिन् । मुम्बईको चर्चराउँदो भूमिमा अनुभव र अभिनयले खारिएकी यी संघर्षशील कलाकारलाई अहिलेसम्म पनि नेपाली कलाको क्षेत्रमा पहिचान्न सकेको छैन्। प्रियाको लक्ष्य धेरैमाथि छ-लक्ष्य प्राप्त होस्-शुभकामना !