Aloka De

08/11/2015 10:41

 

अलोका डे : जसको जीवन नै समाजलाई समर्पित

-सञ्जय प्रधान-- 

‘म जति दिन बाँच्छु, त्यति दिन समाज सेवा गर्नेछ”, गजबकै जोश लिएर लामो समयदेखि समाजसेवा गर्दैआएकी गुरुमा श्रीमती अलोका डे भन्छिन्। हो साँङ्खै नै समाजसेवा उनको सबैभन्दा ठूलो प्यासन हो। ‘‘अहिले कति पुग्नु भयो?’’ सोध्दा  उनी हाँस्दै भन्छिन्, ‘‘सेभेन्टी सिक्स (76)...।’’ म सन्त अल्फन्सस् स्कूल पढ्दाखेरि सानो स्कुले फुच्चे केटो हुँदादादेखि नै उनलाई खरसाङको सन्त जोसेफ स्कूलमा शिक्षिकाको रूपमा देख्दा पनि उनी हँसिली, उज्याली, जोशिली, जाँगरिली थिइन्। अहिले 76 वर्षको उमेरमा पनि उनी त्यतिकै जाँगरिली नै छिन्। खरसाङ वरिपरि कहीं पनि केही परे उनी पुगिहाल्छिन् सेवा कार्यका लागि। विशेष उनी महिला सशक्तीकरणको क्षेत्रमा ठूलो ऊर्जा हुन्। महिलाहरूलाई आत्मविश्‍वासी र आत्मनिर्भर बनाउने उनको ठूलो सपना हो। समाजसेवा उनको जीवन शैली भइसकेको छ।

2 जनवरी 1939 -मा खरसाङको एक सम्भ्रान्त परिवारमा जन्मिएकी अलोका डे स्व. विभूतिभूषण ब्यानर्जी र स्व. अपर्णा ब्यानर्जीका छोरी हुन्। रायसाहेब स्व. राधिका मोहन ब्यानर्जीका छोरा विभूतिभूषण ब्यानर्जी अङ्ग्रेजको शासनकालमा खरसाङ नगरपालिकामा पहिलो भारतीय बडाबाबु थिए। विभूतिभूषण ब्यानर्जी स्वयं पनि एकजना सामाजिक कार्यकर्त्ता थिए। अलोका गुरुमा पनि बाबुबाट नै समाज सेवामा प्रेरित भएकी हुन्। उनका बाबु खरसाङको ब्लुमफिल्ड लाइब्रेरीका एकजना प्रमुख संस्थापक थिए। उनले बताएअनुसार विभूतिभूषण ब्यानर्जी र सत्यनारायण प्रधानले ब्लुमफिल्ड लाइब्रेरीको लागि जमीन दिएका थिए। उनी स्कूल पढ्दा पनि यताउति केही भए बाबुले पठाइहाल्थे। प्राथमिक शिक्षा उनले खरसाङकै राजराजेश्‍वरी स्कूलमा कक्षा तीनसम्म पि9ढन्। त्यतिबेला पढाउने तरीका पनि बेग्लै थियो। अहिले सुन्दा उदेकै पनि लाग्छ। भुइँमा चकले कोरेर त्यसैमा तित्तिरीको गेडाहरू राखेर पढाइन्थ्यो थुप्रै कुराहरू, यसैमा सिकाइन्थ्यो हिसाब। पाँच कक्षादेखि खरसाङकै सन्त जोसेफ कन्या विद्यालयमा पढिन्। नौ कक्षामा हुँदा बिमारीले निक्कै साह्रो पार्दा नौ महीनासम्म थिइन्। डायटरले घरमै आराम गर्ने सुझाउ दिएका थिए। बिमारीको कारणले उनी घरमै बस्नपर्ने भएको थियो। बेला बेलामा स्कूल जान्थिन्। यस अवधिमा स्कूलकी सिस्टरले लेडी ब्रेबोनको तीन वर्षको डिप्लोमा गर्न लगाइन्। यो डिप्लोमा सकेपछि सन् 1956 सालदेखि सन्त जोसेफ स्कूलमा नै शिक्षिकाको रूपमा काम गर्नथालिन्। स्कूलमा शिक्षिका रहँदाखेरि सन् 1958 -मा माध्यमिक पास गरिन्। त्यतिबेला काम पाउन अहिलेको जस्तो गाह्रो पर्दैन थियो। सन् 1956 -देखि सन् 1999 -सम्म उनले  शिक्षिकाको काम गरिन्। उनी भन्छिन्, ‘‘मैले सबैभन्दा लामो समयसम्म 44 वर्ष 6 महीना काम गरें।’’ उनले त्यति बेला आटर्स एण्ड क्राफ्ट, निडल वर्क सिलाई बुनाईको काम सिकाउँथिन् अनि साथमा बङ्ला र इतिहास पनि पढाउँथिन्।

समाजसेवाको भावना समाजको प्रत्येक वर्गमा हुनुपर्छ भन्ने विचारधारा भएकी उनले विद्यार्थीहरूलाई समाजसेवामा प्रेरित गर्थिन्।  ग्रामीण क्षेत्रको जनजीवनबारेमा अध्ययन गराउन विद्यार्थीहरूलाई बेला बेलामा विभिन्न गाउँ-चियाबगानहरूमा लिएर जान्थिन्। चियाबगान, गाउँ-बस्तीका मानिसहरू कसरी परिश्रम गर्छन्, कसरी जिउँछन् सोबारेमा विद्यार्थीहरूलाई अध्ययन गराउँथिन्। महीनामा एकपल्ट विद्यार्थीहरूलाई खाना बनाउन पनि सिकाउँथिन्। उनले शुरू गरेकी यस्तो शिक्षा गृह विज्ञान (होम साइन्स्) -को एउटा पक्ष थियो। खाना पकाउनु मात्र होइन विद्यार्थीहरूलाई बजार गर्न पनि प्रशिक्षण दिन्थिन्। यस्तो थियो उनको अवधारणा त्यतिबेला। यसबारेमा कुरा गर्दा उनी भन्छिन्, ‘‘सिस्टरले केटीहरूलाई पैसा दिएर बजार गर्न पठाउँथिन्। यसरी नै हिसाब  सिकाइन्थ्यो। खाना स्कूलमा नै बिक्री गरिन्थ्यो अनि 10 प्रतिशत स्कूलमा जम्मा गरेर भाँडाहरू पनि किनिएको थियो।’’ विभिन्न किसिमका खानाहरूसँगै जाम, जेलीहरू पनि बनाउन सिकाइन्थ्यो र स्कूलमा बिक्री गरिन्थ्यो। अहिले पनि को-ओपरेटिभ, एआईडब्ल्ङ्मूसीमा पनि सेल्फ हेल्प ग्रुपलाई अचारहरू बनाउन सिकाउँछिन्।

विद्यार्थीहरूलाई एउटा जिम्मेदार नागरिकको जिम्मेदारीको बोध गराउन साथै आफ्नो ठाउँलाई स्वच्छ र सफा राख्ने उद्देश्यले कहिले अस्पताल, कहिले बजारमा सफा गर्न लिएर आउँथिन्। विद्यार्थीहरूलाई लायन्स क्लबद्वारा आयोजना गरिने ‘आँखा चिकित्सा’ शिविरमा पनि सेवा कार्य सिकाउन लैजान्थिन्। एकपल्ट खरसाङमा आगो लाग्दा एउटा घरका सामानहरू केही पनि निकाल्नसकिएको थिएन, त्यहाँ सहयोग पुर्‍याउन जाँदा पुलिसले रोक्दा  एक हुल विद्यार्थीहरू लिएर पसिन् र सफाई कार्यमा लागिन्। सफाई गरेर त्यहाँ खरानीको थुप्रो एकतिर जमा गरेर बटुलेर सो घरको चाँदी त्यसैबाट निकाल्नसकिएको थियो। सन् 1986 -को गोर्खाल्याण्डको आन्दोलनमा खरसाङ नजीक अहिलेको 55 राष्ट्रिय राजमार्गस्थित भोटे ओढार छेउमा गाडी दुर्घटना हुँदा जनसभामा गएका धेरै घाइते भएका थिए। सो बेलाको कुरा गर्दै उनी भन्छिन्, ‘‘त्यस दिन हामी राति अस्पतालमा घाइतेहरूका लागि खाना लिएर गएका थियौं।

अस्पतालको गेटमा सीआरपीएफले हामीलाई रोकेर सोध्यो,‘‘तिमीहरू कुन पार्टीको हो?’’ मैले हातमा बोकेको खाना देखाउँदै भनें, ‘‘हामी भात पार्टी हौं। बिमारीलाई खाना दिन पाउँदैन कि यया हो भन्दै जबरजस्ती पसेर घाइतेहरूलाई खाना दियौं।’’ सन् 1971 -मा भएको भारत-पाक युद्धको बेला पनि उनी सिस्टर डेमियानसित भारत-बङ्लादेशको सीमा क्षेत्रमा सेवाकार्यका लागि पुगेकी थिइन्। यसै वर्ष    मिरिक ब्लकअन्तर्गत टिङलिङमा भीषण पैह्रो जाँदा पनि रेड क्रसबाट उनी त्यहाँ सेवाकार्यका लागि गएकी थिइन्।

करीब एक दर्जन जति विभिन्न संस्थाहरूसित जोिडएर अलोका गुरुमाले खरसाङको सामाजिक क्षेत्रमा धेरै महत्त्वपूर्ण योगदान दिँदै आइरहेकी छन्। भारत-स्काउट्स एण्ड गाइड्सको स्टेट एसिस्टेण्ट कमीश्‍नर साथै खरसाङ डिस्ट्रियट भाइस् प्रेसिडेण्ट पनि हुन् उनी। उनी ब्लुमफिल्ड लाइब्रेरीकी अध्यक्ष, भारतीय रेड क्रस सोसाङ्मटी, खरसाङकी उपाध्यक्ष, लोक अदालत खरसाङकी न्यायाधीश, विभिन्न क्षेत्रमा कार्यरत् महिलाहरूमाथि हुने यौन शोषणका घटनामा न्याय दिलाउने समिति खरसाङका लागि जज, अल इण्डिया वुमेन्स कन्फरेन्स खरसाङकी उपाध्यक्ष, वूमन्स को-ओपरेटिभ खरसाङकी सचिव, इण्डियन लेडिज फोर्सेस एसोसिएशनकी साहकार, रोगी कल्याण समिति खरसाङ महकुमा अस्पतालकी कार्यकारी सदस्य, बाली एसोसिएशन खरसाङकी कार्यकारी सदस्य र राजराजेश्‍वरी हल ट्रस्ट सदस्य हुन्। खरसाङका पुराना कुराहरू उनलाई धेरै राम्रो थाहा छ। खरसाङको इतिहास खोज्न उनीकहाँ विदेशीहरू पनि आउँछन्।

सामाजिक कार्यसँगै अलोका गुरुमाले खरसाङ वरिपरिका क्षेत्रहरूमा गाइड्सलाई व्यापकता दिने कामलाई सन् 1954 -देखि अहिलेसम्म पनि निरन्तरता दिने काम गरिरहेकी छन्। गाइड्सकै प्रतिनिधित्व गर्दै उनी अगस्त महीनामा जापान गएकी थिइन् भने यसभन्दा अघि सन् 2007 -मा इङ्ल्याण्ड गएकी थिइन्। गाइड्सको क्षेत्रमा उनको योगदानलाई कदर गर्दै भारत स्काउट्स एण्ड गाइडस्द्वारा विभिन्न मेडलहरूद्वारा उनी सम्मानित भइसकेकी छन्। सन् 1998 -मा तत्कालीन राज्यपाल श्यामल कुमार सेनको बाहुलीबाट    मेडल अव् मेरिट, West Bengal का  पूर्व राज्यपाल एम.के. नारायननको बाहुलीबाट ‘बार टु द मेडल अव् मेरिट’ -ले सम्मानित भइसकेकी छन्। ‘‘छात्राहरूका लागि गाइड्स अति नै राम्रो हो। यो आवश्यक पनि छ। गाइड्सले एक अनुशासित र असल नागरिक बन्न सिकाउँछ’’, उनी भन्छिन्।

शिक्षाको क्षेत्रमा पुरानो र नयाँबारेमा कुरा गर्दा उनी भन्छिन्, ‘‘पहिला पनि शिक्षा प्रणाली राम्रो थियो अनि अहिले समयअनुसार परिवर्तन भइरहेको छ। अहिले प्रतिस्पर्द्धाको जमाना छ र यसैले समयअनुसार चल्नुपर्छ। अहिलेका नानीहरूको आईययू राम्रो छ।’’ उहिले जस्तो रूढीवाद थियो, त्यसमा अहिले की आएको  छ कि? भनी सोध्दा उनी भन्छिन्, ‘‘पहिला रूढीवाद थियो, हामी स्कूल प9ढ्दा पनि त्यस्तै थियो। तर अहिले हेर्ने हो भने रू9ढीवाद कम्ती हुँदैछ। छोरीहरूले विभिन्न क्षेत्रमा सहभागी बन्ने मौका पाउँदैछन्।’’ यौन उत्पी9डनका घटनाहरूबारेमा कुरा गर्दा उनी भन्छिन्, ‘‘अरूतिरको तुलनामा हेर्ने हो भने हाम्रो पहाड सुरक्षित छ। यहाँदेखि बाहिर भने त्यस्तो सुरक्षा छैन। यौन उत्पीडनका घटनाहरू व्यक्तिको मानसिकतामाथि निर्भर रहँदछ। छोरीहरूलाई सानैदेखि शोषणबारेमा राम्ररी बुझाउनुपर्छ।’’ नानीहरूलाई मानसिक असर पर्नेबारेमा उनी भन्छिन्, ‘‘ओभर स्ट्रियट अर्थात अति क9डाई गर्नाले पनि नानीहरू बिग्रिने आशङ्का रहन्छ। बाबु-आमा झग9डा गर्दा, नराम्रो बोल्दा पनि नानीहरूलाई असर पर्छ। बाबु-आमा, छोरा-छोरी सबैले एक-अर्कालाई सम्मान गर्नुपर्छ।’’

अहिले पनि उनी आफू पढेकी र आफूले काम गरेकी स्कूल सन्त जोसेफमा केही काम परे जान्छिन्। ‘‘सन्त जोसेफ स्कूल मेरो  मन्दिर हो’’, भावुक हुँदै उनी भन्छिन्। एस.बी.डे. टीबी सेनेटोरियम खरसाङमा डायटर रहेका पति स्व. डा. अमिय डे -ले समाजको सेवा गर्नका लागि धेरै उत्साहवर्द्धक प्रेरणा साथै सहयोग गरेका उनी बताउँछिन्। अहिले उनलाई छोरी शोभन कुमार, बुहारी मधुमिता, नाति-नातिनीहरूले हौसला दिनेगर्छन्। अलोका गुरुमा यहींको माटोमा जन्मिइन्, हुर्किइन् अनि यहींको समाजलाई अहिलेसम्म सेवा पुर्‍याइरहेकी छन्। उनी भन्छिन्, ‘‘मेरो बाबाले भन्नुहुन्थ्यो जोसँग बस्छौ, उनीहरूसित गहिरो सम्पर्क राख्नुपर्छ। म पनि मेरो परिवारलाई यही कुरा सिकाउँछु।’’ समाजसेवाका लागि उनलाई अझ धेरै ऊर्जा प्राप्त होस्॥ शुभकामना।