Bedika Thapa

20/10/2012 12:54

वेदिकाः भी़ड़भित्रको समाज सेविका

सञ्जय प्रधान--------------------

      समाज सेवा भनेको के हो भन्ने कुरा दक्षिण सिक्किम लिङमो निवासी श्रीमती वेदिका थापालाई पहिला सानो विद्यार्थी छँदा थाहानै थिएन। प्राकृतिक सौन्दर्यले शुशोभित पूर्व सिक्किमको साङ छलमथाङको पाठशालामा सानी विद्यार्थी छँदा सानी बालिका वेदिकाले खाता, पेन्सिलहरू साथीहरूलाई बॉंड़थिन्‌। कुनै साथीको खाता-पेन्सिल छैन भने दिइहाल्थिन। यसका लागि उनले आफूलाई तीन वटा खाता चाहिएको छ भने बाबुलाई 6 वटा ल्याइमाग्थिन्‌। यसरी ल्याइ मागेका खाता-पेन्सिलहरू जसलाई आवश्कता छ उसैलाई दिइहाल्थिन्‌। सानोमा  छुकछुके बानी भएकी र खेल्नकै लागि मात्र हतारमा हुन्थिन्‌।  खेल्नकै लागि  काम पनि छिटो सक्थिन्‌। पिङ खेल्न खुब मन पराउँथिन्‌। डिल्लीराम गिरी र स्वo द्रौपदा गिरीकी छोरी वेदिकाले समाज सेवा भनेको सानोमा  बुझेकी थिइनन्‌। आफ्ना साथीहरूलाई खुशी पार्दा उनी आफू पनि खुशी हुन्थिन्‌। सानोमा समाज सेवाको कुरा बुझ्न नसकेका उनी आज एकजना समर्पित समाज सेविका भएकी छिन्‌। उनको सेवाबाट आज धेरै जना रोगमुक्त भएर नयॉं स्वस्थ जीवन बॉंचिरहेका छन्‌। समाजमा जसलाई सेवा पुरयाउँछिन्‌ उसलाई मात्र थाहा हुन्छ उनले गरेका समाजिक कार्य। उनले गर्ने मानव सेवाका कार्यहरू बहुतै कमैलाई मात्र थाहा छ । समाज सेवाका लागि उनलाई कुनै ठूलो संगठनको आवश्यकता पनि परेको छैन। उनले गर्ने सामाजिक कार्यलाई हेर्ने हो भने निक्कै खोजी गर्नुपर्छ । कारण उनले यस बारेमा आफैले कसैलाई हत्तपत्त बताउँदैनन्‌।
 गान्तोकदेखि करीब छपन्न किलोमिटर टाड़ो गाउँ लिङमोबाट उनी प्राय: जस्तो निरन्तर गान्तोक आउँछिन्‌। उनी जहिले पनि गान्तोक आउँछिन्‌ साथमा कोही न कोही एक जना नयॉं मान्छे देखिन्छ। कुरा बुझ्न गाह्रो पर्छ यसै के हो भनेर बुझ्दा उनले गाउँबाट रोगीहरूलाई उपचारका लागि लिएर आउँदो रहेछिन्‌ । शहरमा गाउँंका असहाय मानिसहरूलाई निस्वार्थ भावले सेवा पुरयाएर उपचारका लागि  गान्तोकमा लिएर आउँछिन्‌। गान्तोक शहरको व्यस्त भीड़लाई चिर्दै उनी ती रोगीहरूलाई कहिले एसटीएनएम (सर टॉंशी नामग्याल मेमोरियल अस्पताल), कहिले मणिपाल अस्पतालमा पुर्‍याउँछिन्‌ त कहिले डाक्टरको चेम्बरमा उनीहरूका उपचारका लागि सरसल्लाह गर्छिन्‌। यस्तो कार्य उनले गएको पच्चीस छब्बीस वर्षदेखि  अहिलेसम्म पनि निरन्तर गर्दैै आइरहेकी छिन्‌। बिमारी जस्तो सुकै होस्‌ उनले कुनै झर्को नमानि आफ्नै क्षमताअनुसार सेवा कार्य गरिरहेकी छिन्‌। यस्तो सेवा कार्यकै कारणले आज उनी लिङमो क्षेत्रमा चर्चित छिन्‌। उनलाई यस्ता सेवा कार्यमा घर परिवार साथै पति कुमार थापाले पूर्ण हौसला दिन्छन्‌। पति कुमार थापा भिलेज लेभल वर्कस्‌ (भीएलडब्लु) भएका हुनाले उनलाई सम्पूर्ण लिङमो गाउँमा कसैले भीएल गुरूआमा र कसैले भीएल आमा भनेर सम्बोधन गर्छन्‌। सो क्षेत्रमा उनी यहि नामबाटनै चिर-परिचति छिन्‌। लिङमो क्षेत्रमा उनी गरीब सहाराविहीनहरूका लागि एकजना साहरा साथै मार्गदर्शक हुन्‌। रोगीहरूलाई उपचारका लागि गान्तोकमा मात्र होइन्‌ सिलगढ़ीदेखि कलकता, दिल्ली, मुम्बई जस्ता महानगरहरूमा लिएर जान्छिन्‌। कसैलाई पनि सहयोग गर्न उनी कहिले पछि पर्दिनन्‌। उनको यस्तो समाजिक कार्य बारेमा कुरा गर्ने हो भने वर्त्तमान समाजका लागि उदाहरणीय कार्य भइरहेकोछ। कुनै पनि बेसाहराहरूलाई सहरा दिनु पर्छ भन्ने कुराको चेतना उनसित आफैबाट जागेको हो ।
 दस वर्षकी सानी बालिका छँदा उनले जीवनको एउटा मार्गदर्शक, सुरक्षा एवं मातृत्वको छाहारी सबैभन्दा प्यारी आमालाई गुमाइन्‌। सो बेला बाबु साङ खोला जाली पावर हाउसमा कार्यरत्‌ थिए। बाबुको ड्युटी एक हप्ता दिउँसो र एक हप्ता राती पर्थ्यो। बाबुको डयुटी राती परेको बेलामा घरमा उनी र भाईहरू मात्र हुन्थिन्‌। कारण दिदी पनि बिहे भइसकेकी थिइन्‌ भने  दाज्यूहरू  पनि बाहिर  कार्यरत्‌  थिए। बाबुको डयूटी राती परेको बेलामा डर लाग्थ्यो भन्दै ती पुराना दिनहरू सम्झिन्दै भन्छिन्‌‌‌-‘‘त्यति बेला कोही आइदिए हुन्थ्यो जस्तो लाग्थ्यो। त्यस्तो स्थिति आउँदा साहरा भन्ने कुरा ठूलो रहेछ भन्ने मैले बुझें।’’ यस्तै कुराहरूले गर्दा उनी साहराविहीन गरीबहरूका लागि साहरा बन्ने इच्छा उनको अर्न्तमनमा पैदा भयो। आज उनी कयौं साहराविहीनहरूका लागि दह्रिला साहरा भएर अघि आएकी छिन्‌।  बिहेपछि घर गृहस्थी सम्हाल्दै असहाय गरीबहरूका लागि अझ सक्रिय भएर अघि आए। उनका पति कुमार थापा पनि एक जना लेखक एवं चिन्तनशील व्यक्ति हुन्‌। वेदिकाले गर्ने समाज सेवामा संधै उनका पति साथैै छोरा विमल डेभिड (इक्फाई युनिर्भसिटीमा पार्ट टाइम लेक्चरर), दुइ छोरी डाo रोश्मा र रोजमेरी (हाल दिल्लीमा डीएमएलटी-अध्ययनरत्‌) ले धेरै हौसला प्रदान गरेर उर्जा थप्ने काम गरेका छन्‌ ।
  सानैदेखि कन्तुरमा पैसा जमा गर्ने वेदिकाको बानी अहिले पनि उस्तै छ । यसरी जमा गरेको पैसा उनी साामाजिक कार्यमा खर्च गर्छिन्‌ । यति मात्र होइन्‌ घर खर्चबाट पनि पैसा उभारेर यसैका लागि जमा गर्छिन्‌ । जसलाई आवश्यकता पर्छ उसैलाई दिन्छिन्‌ । बिहे हुन अघि पनि टोपी, मोजा, सुईंटर बुनेर अनि कुसन कभरहरूमा फूल हानेर बिक्री गर्थिन्‌ । यी सबै बिक्री गरेर आर्थिक अवस्थाले विपन्न भएका जरूरतमन्दहरूलाई सहयोग गर्थिन्‌ । बिहेपछि पनि उनले यसमा निरन्तरता दिएर आज पनि दैनिक रूपमा कुसन कभर साथै अचारहरू बनाएर बिक्री गर्छिन्‌ र यसैबाट आर्थिक आवश्यकता परेकाहरूलाई सहयोग गर्छिन्‌ । सानो छँंदा विद्यालयमा सिकेका यस्ता इलिमहरू अहिले उनका लागि सामाजिक कार्यमा मुख्य औजार भएको छ । सामाजिक कार्यमा उनको समर्पण यसैले प्रमाणित गर्दछ । उनले गर्दै  गरेका कार्यहरू हेर्दा उनी आफैनै एउटा संस्था बराबरीको देखिन्छ । गाउँ-घरमा धेरै मानिसहरू हुन्छन्‌ जसमा कोही साहराविहीन हुन्छन्‌ त कोही आर्थिक अवस्थाले सम्पन्न भए तापनि कतिवटा कुराहरूमा सही परामर्श पाएका हुँदैनन्‌ । सहराविहीन बिमारीहरूलाई उनी दिलोज्यान दिएर हेरचाह साथै आफ्नो क्षमताअनुसार आर्थिक सहयोग समेत गर्छिन्‌ । कति पैसा भएकाहरूलाई पनि विभिन्न कुराहरूमा आवश्यक परामर्श दिन्छिन्‌ । उनी अतिनै सिकिस्त बिमारीहरूलाई लिएर दिल्ली, भेल्लोर, कलकतातिर जान्छिन्‌ । यस्ता सिकिस्त बिमारीहरूलाई सहयोगका लागि उच्च स्तरमा गएर सहयोगको अपिल पनि गरिदिन्छिन्‌ । यस्ता बिमारीहरूसित उनी आफै  दिल्लीतिर गएर उपचार नसकेसम्म एक महीना दुइ महीनासम्म बस्छिन्‌ ।
दक्षिण सिक्किमको लोवर तोप्दे गाउँ निवासी कारीब तीस वर्ष पुगेकी सवित्र छेत्री वेदिकालाई नयॉं जीवनदाता मान्छिन्‌ । पोहार साल उसको ओपन हार्ट सर्जरी दिल्लीमा गरिएको थियो । सवित्रलाई उनले आफ्नै छोरी-बहिनी सरह जिम्मेदारी बहन गरेर दिल्लीमा उपचारको लागि लिएर गइन्‌ । एक महीनासम्म दिल्लीमा बसेर उसको उपचार गराएर जाती पारेर फर्किन्‌ । वेदिकाको कुरा गर्ने बित्तिकै उनले भनिन्‌-‘‘भीएल  गुरूमाले  संसारमा  धेरै  मान्छेलाई  सेवा पुरयाएकी छिन्‌ । सिक्किममा यस्तो मान्छे छैन ।’’ यस्तै माखा ड़ॉंडा गाउँ निवासी नैनाको ढ़ेड़ वर्षको सानो छोरा सुमन बिमार हुँदा दुइ महीना दिल्ली एपोलो अस्पतालमा राखिएको थियो । उसको उपचारको लागि वेदिका एक महीनासम्म दिल्लीमानै बसेकी थिइन्‌ भन्ने कुरा नैना कृतज्ञ भएर बताउँछिन्‌ । वेदिकालाई नैनाले भीएल आमा भनेर सम्बोधन गर्दै भन्छिन्‌-‘‘भीएल आमाले कसैलाई दु:ख विमार परे सहयोग गर्नु हुन्छ । मेरो नानी विमार हुँदा एसटीएनएम  (सर टॉंशी नामग्याल  मेमोरियल अस्पताल) मा  आफ्नो  घर छोड़ेर  दुइ महीना साथ दिइन्‌ । यहॉं हुँदा डाक्टरहरूसित कुरा गरेर दिल्ली लाने व्यवस्था गरिदिइन्‌ । मुख्यमन्त्रीको योजनाबाट कागज बनाइदिइन्‌ ।’’ नैनाको घर पैह्रोले बिगार्दा कसैले पनि हेरेको थिएन । उनी भन्छिन्‌-‘‘मेरो केही नहुँदा भीएल आमाले एमएलएलाई भनसुन गरिदिइन्‌ अनि मेरो घर बनियो ।’’
समाजमा स्वच्छ, स्वस्थ र विकासमूलक परिवर्त्तनका लागि वेदिका संधै सक्रिय रहन्छिन्‌ । विशेष गरि उनी महिलाहरूका विकासका लागि विचारशील महिला हुन्‌ । वेलफेयर डिर्पाटमेन्टको सतिक्रयतामा दक्षिण जिल्लामा खोलिएको सोह्र जना सदस्यहरू भएको सामाजिक संगठन (कम्युनिटी बेस्‌ अर्गनाइजेशन) स्वंय सिद्ध ब्लक सोसाइटीमा सहसचिव छिन्‌ । यस सोसाइटीका सदस्यहरूको सक्रियतामा नाम्ची घुर्पिसेमा अहिले महिला भवन निर्माण भएको छ । यसका लागि केन्द्र सरकारबाट 6 लाख रूपियॉं प्राप्त भएको  र बॉंकी चार लाख रूपियॉं सदस्यहरूले चन्दा संग्रह गरे । सो भवनको उद्घाटन भएको छैन्‌। सो भवनमा अर्न्तराष्ट्रिय महिला परिषद बनाउने योजना रहेको कुरा उनी बताउँछिन्‌ । बाहिरबाट काम परेर आउने अर्थिक अवस्थाले विपन्न दिदी-बहिनीहरूलाई त्यहॉं बस्ने व्यवस्था सो भवनमा गरिने कुरा उनी बताउँछिन्‌। यसको अवधारणा सबै सदस्यहरू मिलेर तयार पारिएको हो उनी भन्छिन्‌। सोसाइटीलाई सीडीपीओहरू नाम्चीका यु एम राई, राभङलाकी अरूणा छेत्री, जोरथाङकी मिना राई, डेपुटी डाइरेक्टर खुश कुमारी सुब्बाले धेरै सहयोग गरेको कुरा गर्छिन्‌। यसै सोसाइटी अर्न्तगत गाउँले स्तरमा साना साना सेल्फ हेल्प ग्रुप (एसएचजी) हरू गठन गरिएको छ। यस्तै एसएचजीका सदस्यहरूले तयार पारेका हस्तशिल्पहरू लिएर अर्न्तराष्ट्रिय टे्रड फेयरमा सदस्यहरूका साथमा दिल्ली गएकी थिइन्‌।
लाटा-लाटीहरूलाई पनि आत्मनिर्भर बनाउने उद्देश्यले उनले ब्याम्बो मिशन अर्न्तगत उनीहरूलाई बॉंसको डोको, नाङ्लो विभिन्न सामग्रीहरू बनाउने तालिम दिनलाई योजना तयार पारेकी थिइन्‌ तर कतिपय कारणले सो पुरा हुन सकेन। उनले बताएअनुसार नियॉं, माङजिङ र लिङ्गी क्षेत्रमा मात्र लाटा-लाटी साथै शारीरिक असक्षम व्यक्तिहरू करीब एकचालीस जना भेटीसकेको छ। सो योजनालाई संचालन गर्न पुनःविचार गरिरहेकी छिन्‌। स्कूल ड्रप आउट्‌सहरूका लागि उनी चिन्ता गर्छिन्‌। उनीहरूका लागि टेलरिङको तालिम अनि ब्याम्बो मिशन अर्न्तगत बॉंसका समाग्रीहरू बनाउन सिकाएर आत्मनिर्भर बनाउने योजना उनीसित छ। तर यस्ता योजनाहरूका लागि उनलाई सरकारी सहयोगको आवश्यकता छ। एचआईभी/एडस्‌ रोगीहरूलाई समाजको मूलधारामा ल्याउनु पर्छ भन्ने पक्षमा छन्‌ उनी। यस बारेमा जनचेतनामूलक कार्यक्रमहरू पनि गर्छिन्‌। उनले जति सेवा कार्यहरू गर्छिन्‌ ती सबै ईश्वरको आज्ञा मानेर गरेको बताउँछिन्‌। समाजिक कार्य मात्र होइन वेदिकाले पहाड़ी जड़ी-बुटीको कामहरू पनि जान्दछिन्‌। बाबुबाट सिकेकी यस्तो जड़ी-बुटीका कामहरू आज आफ्ना वरिपरिका छिमेकीहरूका लागि धेरैनै उपयोगी भएको छ। जड़ी-बुटीद्वारा घरमानै औषधीहरू बनाउँछिन्‌। आफैले जाति पार्न सक्नेलाई त अस्पतालमा ल्याउँदिनन्‌। विशेष रूपमा जण्डिस्‌को औषधी बनाउने गरेको कुरा उनी बताउँछिन्‌। जड़ी-बुटीद्वारा तयार पारिने औषधीहरू बारेमा निक्कै अध्ययन गर्छिन। औषधीहरूका लागि जुन सुकै बेलामा मानिसहरू आए पनि उनी झर्को मान्दिनन्‌। 
यी सबै बाहेक दिन प्रतिदिन बढ़दै गइरहेको समाजको अघि आइरहेको ठूलो समस्यामूलक चुनौती मानव तस्करी बारेमा उनी पूर्ण रूपले सचेत छिन्‌। यसपाली उनी दिल्ली गइरहेको बेलामा मानव तस्करीका दुज जना दलाललाई गिरफ्तार गराएर आफ्नो साहस र समाजप्रतिको कर्त्तव्य पालन गरिन्‌। उनी ब्रह्मपुत्र मेलमा दिल्ली गइरहेकी बेलामा एक जना महिला र लोग्ने मान्छेसित दुइजना केटीलाई रेलमा देखिन्‌। ती मध्येमा एकजना केटी रूँदै थिइन्‌। यस्तो देख्दा शंका उत्पन्न भएर उनले मौका छोपेर रेलको शौचालयमा लगेर सुटेक्कै सोधिन्‌। ती केटीले फोन बन्द गर्न लगाउँछ भन्दा बिक्री गर्न लगेको भन्ने कुरा बुझे। यो बुझ्न साथ उनले आरपीएफलाई खबर गरिन्‌ अनि ती महिला र त्यो लोग्ने मान्छे गिरफ्तार  भयो। समाजको भुईं स्तरदेखि माथिल्लो स्तरसम्ममानै उनी सेवा कार्य गर्छिन्‌। पढ़न नसकेकाहरूलाई  सहयोग गर्छन्‌ अनि प्रत्येक आइतबार घरमानै साना साना बाल-बालिकाहरूलाई पढ़उँछिन्‌ जसमा मुख्य रूपमा नैतिक एवं मानव मूल्य बारेमा शिक्षा दिन्छिन्‌। कति बेसाहारा नानीहरूलाई अनाथालयमा पुर्‍याइ दिएकी छिन्‌। बेसहारा नानीहरू लागि अनाथालय आफै खोल्ने इच्छा व्यक्त गर्छिन्‌। तर यसको लागि सरकारको सहयोग आवश्यक पर्दछ। उनी सामाजिक कार्यमा यति बढ़ी लालयित छिन्‌ आफ्नो समेत पर्वाह गर्दिनन्‌। यसरी स्वस्थ परिष्कृत समाज निर्माणमा धेरै खस्रो पाइतला घोंच्ने बाटोमा हिड़दै गरेकी वेदिकालाई अझ धेरै काम गर्ने शक्ति प्राप्त होस्‌। शुभकामना !