Jiwan Pradhan

08/01/2013 17:03

मेलोडियस मनहरूसित  जीवन संगीत

-----विमल राई----

       सिपालु औंलीका कोमल स्पर्शहरूले कुत्कुत्याएर गिटारमा गुञ्जिएका  मखमली धुन! बो-को सन्तुलित रेटाइबाट तरंगिरहने भायोलिनको रून्झुनाइँ...र्‍याइँ...र्‍याइँ। मुटु रेट्‌ने यस्ता घुनहरूसहित प्रायः तीन पुस्तासित गॉंसिएको संागीतिक साइनो केलाउँदै संगीतज्ञ  जीवन प्रधान चाखलाग्दो पाराले भन्छन्‌-‘‘माछा पनि त जमेको कुवाको भन्दा त बगुवा पानीकै मीठो हुन्छ नी! संगीत कला भनेको पनि त्यस्तै हुनुपर्छ। रसिलो, श्रोतालाई एकैखेपमा पल्काउने।’’

      आफ्नो सफलताको टाकटुक श्रेय आफ्नै सहोदर-सहयोगी परिवारलाई दिँदै जीवन प्रधान आफ्नो अथक संगीत साधनाको सरलता खुलाउँछन्‌-‘‘आफैले नजानिइएका कुराहरू सिक्दै, आफूमा भएकै बॉंड़चुँड़ गर्दै, केही सिकाउँदै, केही नयॉंनौलो सिक्दै, खैइ यसरी ,ख्याल-ख्यालैमा पो यस्तो भइयो। तरै पनि कसैले भनेजस्तो सिक्नु धेरै धेरै छ तर यो जिन्दगानी भने थोरै छ। कलाप्रतिको मेरो लगनशीलता पनि यस्त ैत हो नी हजुर।’’ सुन्दर सहज लागे तापनि दार्जीलिङमा पश्चिमी शास्त्रीय संगीतअन्तर्गत गिटार, भायोलिन, चिलो, प्यानो जस्ता वाद्यवादनहरूमा अनुमोदित प्रशिक्षण दिने क्रममा करिबन सॉंड़े तीन दशकदेखि संचालित मेलोडी एकाडमी सम्बद्ध  संगीतकार जीवन प्रधानले पुर्‍याइरहेका योगदानले धेरै होनाहार प्रतिभाहरू समयोचित मूल्यांकन हुनसकेको छैन।

        ट्रिनीटी कलेज अफ्‌ लण्डन, एसोसियड बोर्ड अफ्‌ रोयल स्कूल अफ्‌ म्यूउजिक जस्ता अर्न्तराष्ट्रिय स्तरका मान्यताप्राप्त संगीत पर्षदसम्बद्ध मेलोडी एकाडमी दार्जीलिङले सन्‌ 1978 सालदेखि उसो आलोकॉंचो प्रतिभाहरूलाई प्रणालीबद्ध गुणस्तरीय शास्त्रीय संगीत प्रशिक्षण दिएर पारंगत बनाई आफ्नै  खुट्टामा उभ्याई शिर खड़ा गरी जिउने बनाएका उदाहरणहरू बगुन्द्रा छन्‌। मेलोडी एकाडमीबाटै संगीत गुरूज्ञान लिएर जीवन प्रधानका छात्रहरूले खरसाङ, कालेबुङ, सिक्किम, बिजनबारी, थुप्रै ठाउँमा ट्रिनिटी कलेज अफ्‌ लण्डनसम्बद्ध संगीत प्रशिक्षण केन्द्रहरू संचालन गरिरहेका छन्‌।

       मेलोडी एकाडमीबाटै पारंगत भएका छात्रहरूले  स्थानीय, राज्य ,राष्ट्रिय ठूल्ठूला शिक्षा प्रतिष्ठानहरूमा  सम्मानित ठाउँठहर पाएका छन्‌। धेरै जना पेशादार कलाकार भएर गरिखाइरहेका छन्‌। त्यसैले शोधकर्ताहरूले मेलोडी एकाडमी मार्फत यी तीन दशकदेखि संगीत जीवन सरलाई पनि थोर मात्राको झल्झल्कोमै बर्सिपठाउने  हौं हामीले विस्तारै!

      अर्न्तराष्ट्रिय स्तरका संगीतज्ञ निर्णायक मण्डलीको संरक्षणत्वमा भारतमै पहिलोचोटि आयोजित ऐतिहासिक कलकत्ता इन्टरन्याशनल क्लासिकल गिटार फेस्टिभल एण्ड कम्पिटिशन 8-12 दिसम्बर 2010 मा जीवन प्रधानलाई यसचोटि जीवनकालीन उपलब्धि पुरस्कार प्रदान गरिनेछ। चिह्नारीको खोजीमा मरिहत्ते लाउनेहरू मध्येका हामीलाई त्यो पनि थाहै छैन कि! पुरस्कार, सम्मानप्राप्त अनि वरिष्ठ निर्णायक/प्रशिक्षण भएर पनि सधैं पर्दा पच्छिल्तिर ओझेलिएर सबैलाई सहृदय साथ हात दिने जीवन प्रधान छ्‌यास्स भन्छन्‌-‘‘चिन्नेलाई हीरा, नचिन्नेलाई कोइला! हामीले हातमा भएको माल चिन्ने गुण हासिल गर्नुपर्छ। नत्र त समाजको जहाज डुब्छ नी गुणको स्वाद चाख्नेले गुण गाउँछ।’’ मेलोडी एकाडमी दार्जीलिङ अनि आफ्नो संरक्षणत्वमा अघि ब़ढ़ेका छात्रहरूप्रति त त्यसै पनि गर्वबोध हुन्छ नै। त्यसमध्ये 2001 सलमा ट्रिनीटी कलेज अफ्‌ लण्डन अधीनस्थ क्लासिकल गिटारमा शिखा प्रधानले  एटीसीएल ( एशोसियट टिचर, कलेज अफ लण्डन) डिग्री हासिल गर्ने प्रथम  गोर्खा चेलीको र्कीतिमान राखिसकेका छन्‌। त्यस लगायत उनका छात्रहरूले ट्रिनीटी टप्पर अनि भारतकै नामी म्यूउजिक स्कूलहरूमा आफ्नो दक्षतापूर्ण स्थान प्राप्त गरिसकेका छन्‌। पिता श्रीमान महेन्द्र प्रधान माता अनिता प्रधानका प्रार्थनामय सुशील पारिवारिक संगतिमा हुर्किएका जीवन प्रधानले ख्रीष्ट्रिय संगीतयुक्त स्तुति भजनमा दिएका सांगीतिक योगदानको भिन्नै परिच्छेद छ। सरगम संगीतमा पनि उनले पुराना र नयॉं पुस्तासित मिलीजुली काम गरेका छन्‌। लण्डनबाटै प्रशिक्षण पाठ्य तालिका र पुस्तक-पुस्तिकाहरू आउने गरे तापनि मेलोडी एकाडमीबाट पनि तयार पारिइएका टिचिङ्ग म्याथोड पुस्तिकाले छात्रहरूलाई प्रशिक्षणमा झनै सहज गराएको छ। सॉंच्चै दशकौदेखि उम्दा प्रतिभाहरू जन्माउने कारखाना बनेको छ मेलोडी एकाडमी। आफ्नै पथानुगामी शिक्षिक छात्रहरूले नि:स्वार्थ साथ-सहयोग पुर्‍याउँछन्‌। त्यस मध्येकी आफ्नी अर्धाङ्गिनी सुषमा प्रधानबाट स्यार-सम्भार, दायित्वभार साथ कॉंघ पाएकै कारण कुनै देखी भव्य भवन र व्यवस्थापन बिना पनि मेलोडी एकाडमी सुचारू रूपले चलिरहेछ। सीप, कला र चासो र्‍यामठ्याम मिलेपछि  चौतर्फी भूमिका खेल्दै सुषमा र जीवनको दाम्पत्य जीवनलाई परमेश्वरले आशिष दिएका छन्‌। आजतक कसैबाट पनि विशेष कोष र प्रायोजना प्राप्त भएको छैन मेलोडीलाई। तर निरन्तरता कायम छ।

      आधुनिक शिक्षा पद्धतइनुसार नयॉंनौलो व्यावहारिक विषयहरूको समावेश गरिइए सरह सबै परिषद अधीनस्थ विद्यालय अनि शिक्षा प्रतिष्ठानहरूले संगीत विद्यालाई पनि छैटौं विद्या विषयको रूपमा पाठ्यक्रमबद्ध गर्नुपर्ने प्रशिक्षकहरूको आग्रह पनि छ। त्यसो गरिइए संगीत प्रशिक्षणको महत्त्व ब़़ड़ने अनि शिक्षाको विस्तार गरी प्रशिक्षित युवा प्रतिभाहरूलाई रोजगारको सुयोग प्राप्त हुने प्रशिक्षकहरूको विश्वास छ।

        उनी फरक सोच राख्दै भन्छन्‌-‘‘घुमाई फिराई एउटै खाले, फन्के सेलरोटी जस्तो कमरशियलपट्टि म लागिनँ। वादन कला त बग्नुुपर्छ नी हौं सललल! मलाई त त्यस्तै लाग्छ।’’ लयमधुरता, सुस्वरताको मौलिकता राखेर हर्षविभोर तालमा बहेका एक ट्याक्सी, रेभिनेशन, ललबाइ, फोनिक, सनराइज्‌, सनसेट जस्ता अर्न्तराष्ट्रिय स्तरका मौलिक संगीत रचनाहरूको रसास्वादन खुदै गरेपछि जीवन प्रधान कुन दर्जाका संगीतकार हुन सुन्नेलाई पर्त्याङ्गै भइहाल्छ। त्यसै हावामा उनले विश्व स्तरका श्रेष्ठ संगीत रचनाहरूमा संगति गरेका छैनन्‌। संगीतज्ञको पगरी गुँथेका छैनन्‌।

(सर्म्पक 9832482676) +91-9832482676