Rajni Rhythem Rai

04/09/2015 22:19

जसको गीतले सिङ्गो पोखरा नाच्छ

---सञ्जय प्रधान

      ‘रूपै राम्रो रूपातालको...’ रजनी रिद्म राईले गाएकी यो गीत बज्दा तन्देरी र तरूणी मात्र होइन बू9ढा-बूढीसमेत सिङ्गो पोखरा नै नाच्छ। छिमेकी मुलुक नेपालको अति रमणीय प्राकृतिक सुन्दरताले सजिएको शहर पोखरामा  रजनी राईलाई सोध्नपरे यही गीतले चिनाइदिन्छ। अहिले पोखरामा सुपरिचित बनेकी रजनीलाई यताको खरसाङ-दार्जीलिङले बिर्सियो होला तर रजनी भने आफ्नो जन्मथलो खरसाङलाई सधैं सम्झिन्छिन् र असाध्यै माया गर्छिन् अनि आफु सानोमा खडा भएको मञ्चलाई अर्न्तमनबाट श्रद्धा जनाउँछिन्।

कतै मादल र सारङ्गीको साथमा नेपाली लोक संगीतको मेरूदण्ड लोक दोहोरी, कतै गजलको सुमधुर गीतले साँझदेखि पोखरा साह्रै नै हर्षिलो र रौसिलो वातावरणमा रमझमिएको हुन्छ। नेपाली लोक गीतको गाडधन मानिने पोखरामा रजनी दिउँसो शिक्षिका अनि साँझमा गायिका हुन्। हरेक साँझ पोखराको चिप्ले ढुङ्गास्थित सेण्टर पोइण्ट गजलमा रजनीको गीत सुन्न बाक्लो जमघट हुन्छ। उनको सुधुर मीठो स्वरले सबैलाई दिनभरिको थकान र मानसिक तनाउबाट राहत प्राप्त हुन्छ। पोखरामा बिम्ब कविका रूपमा परिचित रमेश श्रेष्ठको शब्द अनि कन्धरा ब्याण्डका संगीतकार सुनिल थापाले संगीत भरेका एकपल्ट सुन्दै छ्याप्पै समातिहाल्ने गीत ‘रूपै रा्रो रूपातालको...’ नसुन्ने पोखरामा विरलै पाइएला। यो गीत बज्दा पोखरामा जो कोहीको पनि अनुहार उज्यालो देखिन्छ। ‘सनुखरी सुनगाभा’, ‘नील गिरीको काखैा’, ‘यो न’, ‘ताप्राङ गाउँ’, ‘माछापुच्छ्रे गाउँ’ आदि उनले गाएका गीतहरूले पोखरामा बढी नै लोकप्रियता पाएको छ। पोखरा पसेकै सालमा रमेश श्रेष्ठकै गीत अनि धनबहादुर गुरूङको गीतमा ‘सुनखरी सुनगाभा’ गीत गाइन्। यसपछि रमेश श्रेष्ठको शब्द अनि ‘ड्यामेज ग्लिटर्स’ -का अमित गुरूङको सीतमा ‘नील गिरीको काखैामा’ गीतले धेरै चर्चा पाएको हो।

सन् 2005 सालमा पन्द्रह सय प्रतियोगीहरू भएको ‘दार्जीलिङ आइडल’ –मा  फस्ट रनर अप् बनेकी रजनी राई पोखरामा सुपरिचित गायिका भएर अघि आएकी छन्। पर्यटनलाई केन्द्रित गरेर बनिएको ‘रूपै राम्रो रूपातालको...’  पोखरामा अति नै लोकप्रिय भएको गीत हो। रजनीले सानैदेखि भजन गाएर सबैको माया र प्रशंसा पाउन सफल भएकी हुन्। दार्जीलिङ पहाडी भेकका थुप्रै संगीत प्रतियोगिताहरू उनले जितेकी छन्। दार्जीलिङ-सिक्किमका नेपाली गायक-गायिकाहरूको लक्ष्य नेपाल नै हुन्छ। कारण यतातिर संगीतको कार्यक्षेत्र नेपालमा जस्तो बृहत् छैन। ‘दार्जीलिङ आइडल’ -मा फस्ट रनर अप् बनेपछि रजनी पनि सीतको क्षेत्रा नयाँ भविष्य खोज्दै पोखरातिर लागेकी हुन्। दार्जीलिङ आइडलपछि दार्जीलिङमा यतिसम् मात्र सीति रहने देखिन् र अर्को दैलो देखिनन्।

स्व. भरतकुमार राई र श्रीती मीनादेवी राईकी छोरी रजनीले खरसाङको गीति गुञ्ज संगीत महाविद्यालयमा  शास्त्रीय गायनको तालिमा लिएकी हुन्। उनले खरसाङकै सन्त जोसेफ स्कूलबाट माध्यमिक परीक्षा उत्तीर्ण गरेपछि खरसाङ महाविद्यालयबाट स्नातक गरेकी हुन्। आफ्नो जीवनको पहिलो वाक्य फुटेको केहीपछि तोते बोली हुँदखेरि नै गीत गाएकी हुन्। गीत बज्दा गीतको लयले उनलाई छोइहाल्थ्यो। 6 वर्षकी सानी बालिका हुँदादेखि नै बाल विकासमा भजनहरू गाउनथालिन्। कक्षा चारमा हुँदा सन् 1994 सालमा गीति गुञ्ज सीत महाविद्यालयमा भर्ती भइन्। गायनको क्षेत्रमा साथै आफ्नो जीवनमा खरसाङको वर्द्धमान रोड निवासी श्रीमती शबनम सुब्बाले धेरै प्रेरणा र हौसला दिएको बताउँछिन्। सानोमा दिदी शबनमले बाल विकासमा लान्थिन् र भजन गाउन लगाउँदा गाउने गरेको र उनकै हौसला तथा प्रेरणाबाट आज यहाँसम् आफु आइपुगेको बताउँछिन्। प्रत्येक शनिबार दिदीसँग साई न्दिर जाने गरेकी उनले त्यहाँ हुने भजन सुन्दै गाउनथालेकी हुन्। एकदिन आफ्नै धुनमा गीत गाएको बेला दिदीले सुनिन् र भनिन्, ‘‘तैंले राम्रो गाउने रहेछस्। अब यहाँ सबैको अघि गाउनुपर्छ।’’ अनि सिकेर सबैको अघि उनले भजन गाइन्। उनको स्वर सुनेपछि सबैले हौसला दिँदै प्रशंसा गरे। ‘‘रजनीले 6 वर्षकै उमेर हुँदाखेरि नै मञ्चमा गाएकी हुन्। मेरो माइती गाउँ मिरिकको डुपटिन 10 नम्बरमा दार्जीलिङका कलाकारहरूले कार्यक्रम गर्दा मञ्चमा ‘मुझे नींद न आए...चैन न आए’ हिन्दी गीत गाएर दर्शकहरूबाट धेरै प्रशंसा पाएकी हुन्। यसबाहेक जिल्ला स्तरका भजन प्रतियोगिताहरू पनि जितेकी हुन्’’, यसो भन्छिन् शबनम सुब्बा। यस्तै कार्यक्रमहरूबाट रजनीको आत्विश्‍वास बढ्दै गएको हो। रजनीले शबनम सुब्बालाई आफ्नो असल मार्गदर्शक मान्छिन् अनि उनीप्रति आभार प्रकट गर्छिन्।

दार्जीलिङ आइडलपछि उनको पहिलो गीत ‘कसले सक्छ र बैंसमा प्रियबिना बाँच्न...’ रेकर्ड भयो। दार्जीलिङ पहाडमा संगीतलाई पेशा बनाएर जीवन चलाउनु भनेको फलामको चिउरा चपाउनुजस्तै हो। यसका साथै रोजगारको साधन पनि सन्तोषजनक छैन। सन् 2006 सालमा खरसाङ निवासी निशान थापासित उनको बिहे भयो। रजनीले बताएअनुसार पति निशान थापा राम्रा भायोलिन र गिटारवादक हुन्। संगीतको क्षेत्रमा निशान साथै ससुरा स्व. गंगाप्रसाद थापाले धेरै प्रोत्साहन दिएको उनी बताउँछिन्। उल्लेखनीयछ, स्व. गंगाप्रसाद थापा खरसाङ भेकका सुपरिचित भायोलिनवादक थिए। आफ्नो संगीतको यात्रामा रजनीले सधैं पति निशान र ससुरालाई सम्झिन्छिन्। उनी भन्छिन्, ‘‘समाजमा आज पनि बिहे भएपछि बुहारीले घरको मात्र जिम्मेदारी लिनुपर्छ भन्ने मानसिकता छ। तर मेरा ससुराले मलाई यो जिम्मेदारीमा मात्र अड्काएनन्। उनले संगीतको क्षेत्रमा प्रगति गर्नलाई बाटो देखाउनुभएको हो। मैले मञ्चमा गाएको हेर्न उनी मन पराउँथे। म स्टेज शो-मा गीत गाउन जाँदा उनले भिडियो खिँचेर ल्याउनु अनि म हेर्छु भन्थे।’’ ‘‘उनका यस्तै कुराहरूले मलाई संगीतको क्षेत्रमा ऊर्जा प्राप्त भएको हो’’ रजनी भन्छिन्, ‘‘संगीतको क्षेत्रमा अझ ठूलो फड्को मार्नका लागि उनले हामीलाई पोखरा जाँदाखेरि हौसला दिनुभएको हो।’’ संगीतको क्षेत्रमा एउटा नयाँ उज्ज्वल भविष्य खोज्दै स्नातक सकेपछि सन् 2008 सालमा शिक्षिकाको काम गर्न पति निशानसित पोखरातिर लागिन्। रजनी भन्छिन्, ‘‘पोखरा जाँदा हामीलाई ससुराले नै दश हजार रुपियाँ दिएका हुन्।’’ पोखरा पुगेपछि आफ्नो गीत लिएर उनी स्टुडियोमा पुगिन्। यसै क्रममा उनको गीत सुनेर पोखराका सुपरिचित संगीतकार सर्वज्ञान शाक्यले आफ्नो एल्बम गाउने अवसर प्रदान गरे। अहिलेसम्म रजनीले विभिन्न एल्बमहरू तीन दर्जनभन्दा बढी गीतहरू गाइसकेकी छन्। संगीतसित उनको सम्बन्ध कतिसम् गहिरो रहेको देखिन्छ भने आफ्नी छोरीको नाम पनि ‘रिद्म’ राखेकी छन् अनि आफ्नो नाममा पनि ‘रिद्म’ जोडेकी छन्।

पोखरामा पुगेपछि गुरुकूल विद्या सदनमा दुइ वर्ष अनि यसपछि युनाइटेड एकाडेमीमा एक वर्ष शिक्षिकाको काम गरिन्। छोरी जन्मिएपछि दुइ वर्ष शिक्षिकाको काम छोिडन्। हालमा उनी पोखराकै  श्री सत्य साई विद्या आश्रममा पाँचदेखि आठ कक्षासम्मका विद्यार्थीहरूलाई अङ्ग्रेजी पढाउँछिन्। पोखरामा रजनी, खरसाङ महानदीका राजेश बिष्ट, कालेबुङका विजय छेत्री, मोहन गुरूङ, पोखराकी आँचल लामा, तेज के.सी. र लक्ष्मण परियारद्वारा ब्याण्ड ‘सियस् स्ट्रिङ’ स्थापना गरिएको छ। बास् गिटारवादक तेज के.सी-ले आफ्नै ब्यान्ड ‘देउराली’ पहिला नै स्थापना गरेका छन्। बेलुकी सेण्टर पोइण्ट गजलमा उनीहरूका ब्याण्ड ‘सिक्स स्ट्रिङ’ -सित दिनहुँ कार्यक्र प्रस्तुत गर्छिन्। रजनीले शिक्षिका र गायिकाको कार्यलाई खुबै रा्ररी व्यवस्थापन गरेकी छन्। पोखरामा सेण्टर पोइण्ट गजलबाट नै गायिको रूपा परिचय प्राप्त भएको बताउँछिन्। सन् 2009 -मा ‘सुनखरी सुनगाभा’ गीतको लागि उदीयमान गायिकाको रूपमा ‘अन्नपूर्ण एफएम अवार्ड’ -ले समनित भइसकेकी छन्।

रजनीको सङ्घर्ष सजिलो छैन, निक्कै कठिन छ। सामाजिक अडचनहरू पनि उनको अघि देखा नपरेको होइन, तर त्यस्ता अडचनहरूलाई संगीतले नै पन्छाउँदै संगीतकै यात्रामा उनी अविरल गतिमा अघि बडीरहेकी छन्। वर्त्तमान समयमा संगीतलाई हेर्ने हो भने यसा ‘ग्ल्यामर’ बढ्दो देखिन्छ। एकजना भजन गाउने केटी ग्ल्यामर संसारमा प्रवेश गर्दा कतिले कमेण्ट पनि गरेका थिए। उनी भन्छिन्, ‘‘भजनमार्फत ईश्‍वर पुज्छु। मलाई कला ईश्‍वरले दिनुभएको हो। अनि यसलाई मैले बाटो दिनखोजेको हो।’’ ‘‘गीत गाएर खानसकिँदैन, घर चल्छ र? भन्ने प्रश्‍नहरू पनि आउँथे। आज गीत गाएर आफ्नो खुट्टामा उभिन सक्षम भएकी छु’’, गीत गाएर जीवन बाँच्नसकिँदैन भन्ने आलै रहेको सामाजिक धारणाबारेमा निर्धक्क भएर यसो भन्छिन् उनी। हो साँच्चै नै रजनी आजको दिनमा पोखराजस्तो कडा प्रतिस्पर्द्धा गर्नपर्ने ठाउँमा एकजना पेशादार गायिको रूपमा आफ्नो पहिचान बनाउन सफल भएकी छन्। यसका साथै आफु कार्यरत रहेको स्कूलमा अङ्ग्रेजी विषय पढाउँछिन् अनि विद्यार्थीहरूलाई बाल गीतहरू पनि सिकाउँछिन्। आफ्नो जन्मथलो दार्जीलिङ पहाडलाई असाध्यै माया गर्छिन् अनि धेरै मिस् गर्छिन्। उनी भन्छिन्, ‘‘मेरो संगीतको यात्रामा पाइलैपछि दार्जीलिङ, खरसाङको सम्झना आउँछ। दार्जीलिङमा सीत सुन्छन्, गीत मात्र सुन्दैनन् संगीत बुझेका पनि छन्।’’ उनले खरसाङको ‘बागीना’ म्युजिकसित रङमञ्चमा कार्यक्रमहरू गर्थिन्। सर्ङ्घषमय पथमा दह्रो आत्मविश्‍वास लिएर हिँडेकी हुनाले नै आज पोखरामा संगीतको क्षेत्रमा आफ्नो पहिचान बनाउनसकेको उनी बताउँछिन्। ‘‘पोखरामा आएपछि सीतकार सर्वज्ञमान शाक्यले कोशे ढुङ्गाको काम गरिदिए’’, उनी भन्छिन्।

सानोमा रजनीलाई आईपीएस अधिकारी हुनु मनपर्थ्यो। टेलिभिजनमा चर्चित आईपीएस अधिकारी किरण बेदीलाई देख्दा उनी प्रभावित भइन्। किरण बेदीलाई आफ्नो आइडल मान्छिन्। आफुलाई नारीवादी बताउँदै उनी भन्छिन्, ‘‘म एकजना फेमिनिष्ट हो। महिलामाथि अन्याय-अत्याचार भएको हेर्नसक्दिन ।’’ संगीतको यात्रामा उनको सङ्घर्ष जारी छ। आफ्नो सङ्घर्षमय जीवनमा कैयौं चुनौतीहरूलाई चिर्दै उनी आफ्नो संगीतको यात्रालाई निरन्तरता दिइरहने बताउँछिन्। उनी भन्छिन्, ‘‘मेरो समाज, मेरा ससुरा अनि मेरी छोरीको लागि अन्तिम श्‍वाससम्म गीत गाउनेछु।’’ शुभकामना।