स्मिता राईको जीवनको पाटोलाई पल्टाएर हेर्ने हो भने एकजना उद्यमी र पौरखी प्रेरणादायक छोरी पाउनसकिन्छ। आफ्नै पौरखमा रमाउँछिन् उनी। सानोमा मोमबत्ती देख्दा छक्क पर्ने स्मिता अहिले यसका बेजोड कलाकार हुन्। उनी कलाकार मात्र होइनन्, मोमबत्तीकै लघु उद्योगकी एकजना सफल टीम लीडर पनि हुन्। उनकै नेतृत्वमा चलिरहेको नाम्चीको ‘नाम्ची डिजाइनर क्यान्डल्स’ सिक्किममा एउटा सफल लघु उद्योग हो। यहाँ बनिएको मोमबत्तीमा पूर्ण रूपले कलाकारिता झल्किएको हुन्छ। बाल्नभन्दा बढी सजाउन मन लाग्ने, हेर्दा चकलेटजस्तै देखिने खाइहाल्न मन लाग्ने यस्तै खालको हुन्छ।
गान्तोकमा जन्मिएकी स्मिता स्व. कुलदीप राई र श्रीमती देवी छेत्रीकी छोरी हुन्। सानोमा बाबुको काखमा धेरै खेल्न पाइनन्, आमाको माया-ममतामा हुर्किन पाइनन्। 11 महीनाकी अबोध शिशु हुँदाखेरि नै बाबुको देहवासन भएको थियो। आमाको माया बोज्यू स्व. श्रीमती रत्नदेवी राईबाट पाएकी हुन्। बाबु र आमा कस्ता हुन्छन्, सो त उनले कल्पना मात्र गरिन्। उनले आफ्नो जीवनमा जति पनि मार्गदर्शन पाइन्, सो बोज्यू रत्नावतीबाट नै पाइन्। गान्तोककै देउराली सीनियर सेकेण्डरी स्कूलबाट उनले 12 कक्षा पास गरेर सिक्किम सरकारी महाविद्यालयमा पडिन। स्कूलमा बोज्यू रत्नावतीकी दिदी स्व. श्रीमती गंगादेवी राई प्रधानाध्यापिका थिइन्। उल्लेखनीय छ, स्व. गंगादेवी राई सिक्किमका वरिष्ठ पत्रकार सी.डी. राईकी धर्मपत्नी हुन्। स्मिता बोज्यूसित बसे पनि दिनभरि प्रधानाध्यापिका रहेकी बोज्यू गंगादेवीसित हुन्थिन् र स्कूल छुट्टी भएपछि उनैसित पढ्नजान्थिन्। यसैले उनको प्रभाव परेको छ। स्कूलमा डिसिप्लिन् क्याप्टेन थिइन् र अहिले सफल लघु उद्योग ‘नाम्ची डिजाइनर क्यान्डल्स’ -की टीम लीडर। सिक्किममा मोमबत्तीलाई फेसनेबल रूप दिएर लोकप्रिय बनाउने श्रेय हासिल गरेको छ ‘नाम्ची डिजाइनर क्यान्डल्स’ -ले। यस लघु उद्योगमा स्मितालगायत पारू भोटिया, ओङ्मु लेप्चा, पुष्प शेर्पा, सुष्मिता राई, मणिकला तामाङ, शीला राई, सम्झना राई, लक्ष्मी गुरूङ नौजना महिलाहरूको दह्रो समूह छ। उनीहरू सबै नै मोमबत्तीका बेजोड कलाकारहरू हुन्। ‘नाम्ची डिजाइनर क्यान्डल्स’ -ले सिक्किममा मात्र नभएर भारतका अन्य राज्यहरूमा पनि आफ्नो परिचय बनाउन सफल भएको छ।
अहिले मोमबत्तीका सफल कलाकार स्मिताले सानोमा चित्र बनाउन पटक्कै जान्दैनथिइन्। उनी भन्छिन्, ‘‘सानोमा चित्र बनाउने इलिम नै थिएन। स्कूलमा विज्ञानका नक्साहरू बनाउनका लागि पनि साथीहरूले सहयोग गर्थे।’’ विद्यार्थी हुँदा शिक्षिका बन्ने ठूलो इच्छा थियो उनको। घरमा पनि खेल्दा शिक्षिका बनेर खेल्थिन्। चियापत्तीको बयसालाई ब्ल्याकबोर्ड बनाउँथिन्, साथीहरूलाई विद्यार्थी अनि आफुचाहिँ शिक्षिका हुन्थिन्। सानोमा मोमबत्ती देख्दा उनलाई अचम्भ लाग्थ्यो। मोमबत्ती हेरेर यो कसरी बनाउँछ ? यसको बीचमा धागो कसरी हाल्छ ? मनमा प्रश्न खेलाउँदै सोच्थिन्। दश-एघाह्र वर्षकी सानी बालिका हुँदाखेरि नै मोमबत्तीको बारेमा यस्तो जिज्ञासा भएको हो। स्कूलमा ‘some useful productive work’ एसयुपीडब्ल्यू) -बारेमा हप्तामा एकपल्ट क्लास हुन्थ्यो। यसमा हस्तकलाद्वारा बाँसका विभिन्न किसिमका सुन्दर डिजाइनहरू बनाएर सजावटका सामग्रीहरू बनाउन सिकाइन्थ्यो। सो बेला उनले अहिले बनाउने आकर्षक मोमबत्तीको बारेमा सोच्नसकेकी थिइनन्। मोमबत्तीमा उनको चासो गहिरो थियो। सानी विद्यार्थी छँदाखेरि नै उनले हार्डवेयर पसलबाट मोम (wax) किनेर मोमबत्ती बनाउने कोशिश गर्थिन्।
जीवनमा आइपरेको सङ्घर्षलाई हाँसी हाँसी झेल्दै पेल्दै अघि बढिरहेकी छन्। आमा कस्ती हुन्छिन् ? उनको जिज्ञासा निक्कै गहिरो थियो। बाबुको देहवसान हुँदा आमाको उमेर करीब 20 वर्षजति मात्र थियो। दुइ वर्षको उमेरदेखि बोज्यूसित हुर्किएकी हुन्। आमाले उनको जिम्मेदारी बोज्यूलाई सुम्पिएकी थिइन्। आमा हेर्ने चाहना भने उनको हृदयको कुनामा सधैं आलै थियो। स्मिता भन्छिन्, ‘‘मेरा दाज्यू विदुर राई आमासित सम्पर्कमा थिए।’’ उनका दाज्यू विदुर पाश्चात्य गीतका गायक हुन्। उनीहरू दाज्यू-बहिनी एकअर्कामा असाध्यै माया छ। उनले बताएअनुसार दाज्यू ङ्गुपूसित बस्थे। जीवन सङ्घर्षकालमा दाज्यूको भेट आमासित भएको थियो। नियतिको खेलले शैशवकालमा अलग्गिएका आमा-छोरीको भेट बीस वर्षमा भयो। ‘‘म बीस वर्षकी हुँदा मेरी आमासित भेट भयो। मेरी आमा कस्ती हुनुहुन्छ भन्ने जिज्ञासा थियो मलार्ई। म आफै आमा भेट्न रिनाक गएकी थिएँ’’, यसो भन्छिन् स्मिता। आमा-छोरीको सो भेट त्यतिबेला कतिको भावनात्मक थियो उजागर गर्न गाह्रो छ। एकतिर मातृत्वको अर्कोतिर छोरीको अन्तर्मनको कुनामा मातृ ममताको अतृप्त चाहनाको मिलन थियो त्यो क्षण। आमा छोरीको सो भेट एउटा कसिलो दह्रो आलिनमा बाँधिएको थियो। वर्षौंदेखिको अतृप्त चाहना तृप्त भएको थियो। छोरीलाई आफ्नो आलिङ्गनमा बाँधेपछि आमाको आखाँबाट आँसुको धारा बगेको थियो। ‘‘आमाले मलाई अँगालो हालेर रूनुभयो अनि म पनि रोएँ’’, यसो भन्छिन् स्मिता सो बेलाको भावनात्मक क्षणलाई सम्झिँदै।
बोज्यूको मार्गदर्शनकै कारणले जीवनलाई सहज र सृजनशील बनाउनसकेकी छन् उनले। प्रत्येक युवाहरूलाई आत्मनिर्भरताको बाटोमा उनी एकजना प्रेरणा र हौसलाका उदाहरण हुन्। उनले एक एक वर्ष तादोङ र सरमसास्थित बहाई स्कूलमा अनि नाम्चीको माउण्ट कार्मेल स्कूल र टेण्डोङ स्कूलमा दुइ दुइ वर्ष शिक्षिकाको रूपमा काम गरिन्। सानोदेखि शिक्षिका बन्ने इच्छा पूरा गरिन्। गान्तोकबाट 1999 सालदेखि नाम्ची गइन्। त्यतिबेला दाज्यूले चलाउँदै गरेको होस्टेलमा काम सघाउन गएकी थिइन्। नियतिको खेल कसले बुझ्ने ! यो खेलभित्र जन्म अनि मृत्यु सबैभन्दा ठूलो सत्य हो। नियतिको अर्को खेलमा आफ्नो जीवनको मार्गदर्शक साथै आमाको माया-ममता दिने बोज्यूसित स्मिता सदाको लागि बिछोडिन पर्यो। 2000 सालमा बोज्यूको देहावसान भयो। यसपछि भने उनी नाम्चीमै दाज्यूसित बस्नथालिन्।
खाना बनाउनमा उनको सीप खुबै राम्रो छ। उनले आफ्नो यो सीपलाई व्यवसायमा लगाएर 2010 सालमा नाम्चीमा ‘फ्लेवर्स रेस्तोराँ पब् एण्ड लाउञ्ज बार’ खोलिन्। सिक्किमको दक्षिण जिल्लाको मुख्यालय नाम्ची पर्यटनको लागि मुख्य केन्द्र हो। तर नाम्चीमा नाइट् लाईफ भने उस्तो केही थिएन। घरमा पाहुना आउँदा डिनरको लागि पारिवारिक रेस्तोराँको रूपमा ‘फ्लेवर्स’ -ले राम्रो चर्चा पाएको हो। दिनभरिको तनाउ र थकानलाई राहत दिनमा स्वच्छ परिवेशमा नाइट लाईफ कस्तो हुन्छ भन्ने कुरा उनले नाम्चीमा ‘फ्लेवर्स’ -कै माध्यमबाट शुरू गरेकी हुन्। कुनै घरमा पाहुना आउँदा डिनरको लागि सबैको मनपर्दो रेस्तोराँ ‘फ्लेवर्स’ चयन हुन्थ्यो। त्यहाँ काराओके राखिएको हुनाले पाहुनाहरू गीत गाउँदै रमाइलो रौसिलो परिवेशमा डिनरको आनन्द लिन्थे। राति एघाह्र बजीसम्म खुला रहने हुनाले ‘फ्लेवर्स’ -ले सिक्किममा शान्ति र सुरक्षा छ भन्ने सन्देश पर्यटकहरूमा फैलाउने काम पनि गरेको थियो। उनलाई खाना र मोमबत्ती बनाउन औधी नै मन पर्छ अनि व्यवसाय पनि यसैको मन पर्छ। भारतीय, नेपाली खाना सबै बनाउँछिन्, यसमा पनि अझ बढी चीनियाँ खाना राम्रो बनाउँछिन्। ‘‘मलाई राम्रो खाना पकाउनु साह्रै इच्छा लाग्छ। अनि खाना खुवाउनु र खानु मनपर्छ’’, उनी भन्छिन्। ‘‘म निक्कै फुडी पनि हो’’, हाँस्दै भन्छिन्। ‘‘तपाईं यति राम्रो मोमबत्ती बनाउनुहुन्छ, खाना बनाउनुहुन्छ कुनै दिन आफुले बनाएको मोमबत्ती राखेर क्यान्डल लाइट डिनर गर्नु भएको छ ?’’ यसरी सोध्दा फेरि हाँस्दै भन्छिन्, ‘‘अँहँ... अहिलेसम्म क्यान्डल लाइट डिनरचाहिँ गरेकी छुइनँ। कुनै दिन गर्नुपर्ला!’’
नाम्चीमा ‘फ्लेवर्स’ -ले निक्कै लोकप्रियता हासिल गरेको थियो। यो रेस्तोराँ चल्दा चल्दै 2012 सालमा ‘नाम्ची डिजाइनर क्यान्डल्स’ स्थापना गरिन्। यो स्थापना हुनमा एनईडीएफआई (नर्थ ईर्स्टन डेवलपमेण्ट फिनान्सिअल इन्स्टिट्युट) -को मुख्य भूमिका रहेको छ। एनईडीएफआईको मुख्यालय गुवाहाटी असममा छ भने सिक्किममा गान्तोक र नाम्चीमा गरी दुइवटा शाखा छ। एनईडीएफआईकै सहयोगमा 20 जना युवतीहरूलाई लिएर पाँच दिनको नि:शुल्क प्रशिक्षण कार्यक्रम नाम्चीमा गराइएको थियो। सो कार्यक्रम उत्तर-पूर्वीय राज्यका युवतीहरूले आत्मनिर्भर बनेर जीविका चलाउनसकून् भन्ने उद्देश्य लिएर महिला सशक्तीकरणअन्तर्गत गरिएको थियो। यसका लागि एनईडीएफआई नाम्चीका शाखा प्रबन्धक अभिषेक लामाप्रति आभार प्रकट गर्दै धन्यवाद जनाउँछिन्। पहिला त यसको व्यवसाय कसरी गर्ने भन्ने कुरामा कुनै ज्ञान थिएन। एनईडीएङ्गआईले नै मोमबत्ती बनाउने काँचो सामग्रीहरू ल्याइदियो। यसपछि भने सबै जोशिए अनि टीम लीडर चयन भइन् स्मिता। पहिला मोमबत्ती बनाउन निक्कै समस्या भएको हुनाले बिक्री पनि राम्रो नभएको बताउँछिन्। अहिले उनीहरूले बजारमा निकालेको मोमबत्ती हेर्ने हो भने पूर्ण रूपले कलात्मक हुनको साथै कुनै पनि ठूला कम्पनीहरूको उत्पादलाई चुनौती दिनसयने खालका छन्। सेप्टेम्बर 2012 सालमा स्थापना भएपछि ‘नाम्ची डिजाइनर क्यान्डल्स’ -ले देशका विभिन्न ठाउँहरू दिी, शिलाङ, गुवाहाटीमा बर्सेनि प्रदर्शनी गरेर सिक्किमको प्रतिनिधित्व गरिरहेको छ। नोएडा, गुवाहाटी, शिलाङमा हुने प्रदर्शनीमा वर्षमा दुइपल्ट सिक्किमलाई प्रतिनिधित्व गरिरहेको छ। यसबाहेक विदेशमा भोटाङको राजधानी थिम्पू र नेपालको राजधानी काठमाण्डौंको प्रदर्शनीमा पनि यो पुगिसकेको छ। स्मिताले बताएअनुसार दिी, गुजरातमा यसको बढी माग गरिन्छ। नोएडामा हुने इण्डियन ह्याण्डिक्राफ्टस् एण्ड गिफ्टस् ङ्गेयरमा आउने विदेशी ग्राहकहरूले हातले बनाएको मोमबत्ती मन पराउने हुनाले ‘नाम्ची डिजाइनर क्यान्डल्स’ -को मोमबत्ती नै लिनेगर्छन्। ती सबै मोमबत्तीहरू हातले नै डिजाइन गरिएको हुन्छ। स्मिता भन्छिन्, ‘‘अहिलेसम्म जर्मनी, इटली, स्वीडेन, लस् एञ्जल्सबाट पनि अर्डर आएको छ। तर उनीहरूको माग पुरा गर्नसकेका छैनौं।’’ सिक्किममा भने अहिले यो डिजाइनर मोमबत्तीको माग निक्कै बढेको छ। गान्तोकको जिरो पोइण्टमा अवस्थित डाइरेक्टर अव् ह्याण्डिक्राफ्टस् एण्ड ह्याण्डलूममा हुने प्रदर्शनी पनि यो डिजाइनर मोमबत्ती राम्रो बिक्री हुनथालेको छ। नाम्चीको सेण्ट्रल पार्कको शो रूमबाट पनि स्थानीयहरू साथै पर्यटकहरूले धेरै किन्ने गरेका छन्। सिक्किममा हिजोआज जन्मदिन, टीचर्स डे, वेडिङ एनिभर्सरी, क्रिसमसमा डिजाइनर मोमबत्तीले फेशनकै रूप लिएको छ। ‘‘मोमबत्तीको डिजाइन हामी सबै सदस्यहरू मिलेर गर्छौं। कतिपय आवश्यक सुझाउका लागि गुवाहाटीमा प्रशिक्षक पुबेरून शर्मासित पनि सम्पर्क गर्छौं’’, स्मिता भन्छिन्। उनी अझ भन्छिन्, ‘‘अहिले मेरो दिमागमा मोमबत्ती कसरी डिजाइन गर्नु भन्ने कुरा मात्र घुमिरहन्छ। टीभी हेर्दा पनि मोमबत्ती देखे त्यसैमा मात्र ध्यान जान्छ।’’ ‘नाम्ची डिजाइनर क्यान्डल्स’ एउटा सेल्फहेल्प ग्रुप सुचारू रूपमा चलिरहेको छ। आर्थिक अवस्थालाई दह्रो पार्ने साथै आत्मनिर्भर बन्नसयने दह्रो स्रोत भएको छ। मोमबत्तीमा नै बढी ध्यान भएको हुनाले उनले यसैलाई रोजेर रेस्तोराँ यस वर्षदेखि बन्द गरेकी छन्। तरै पनि ‘फ्लेवर्स’ भविष्यमा अझ नयाँ रूपमा आउने सम्भावना भने रहेको छ। ‘नाम्ची डिजाइनर क्यान्डल्स’ -की एकजना सदस्य भन्छिन्, ‘‘टीम लीडर भएर स्मिता बहिनीले बजार व्यवस्थानको सबै काम राम्रो गर्नुहुँदैछ। मोमबत्ती स्मिता बहिनी साथै हामी सबै मिलेर तयार गर्छौं।’’ ‘नाम्ची डिजाइनर क्यान्डल्स’ -द्वारा अन्य महिलाहरूलाई पनि प्रशिक्षण दिएर आत्मनिर्भर बन्ने बाटो देखाउने काम भइरहेको छ। सिक्किमका कतिपय ठाउँहरूमा यसैको प्रशिक्षण दिने काम उनीहरूले गरिरहेका छन्। ‘नाम्ची डिजाइनर क्यान्डल्स’ -बाट दार्जीलिङले अनुसरण गर्नसके धेरै राम्रो काम हुनेछ। स्मिता भन्छिन्, ‘‘मोमबत्ती बनाउनका लागि दार्जीलिङ उपयुक्त ठाउँ हो। दार्जीलिङमा छिटो बनिन्छ।’’
स्मिता मोमबत्तीका कलाकार मात्र होइनन् उनी एकजना कुशल उद्घोषिका पनि हुन्। प्राय।जस्ता कुरामा दक्ष देखिने स्मिता भन्छिन्, ‘‘म कुनै पनि कुरामा दक्ष भनेचाहिँ थिइनँ। स्कूलमा स्वर चकिलो थियो र एसेम्ब्लीमा डेली कोट्सहरू पढ्थें, तर्क प्रतियोतिगतामा निक्कै बोल्थें।’’ यसरी नै उनी राम्रो उद्घोषिका भइन्। उद्घोषिकाको काम सिक्किमको ‘नयुमा टीभी च्यानल’ -बाट सन् 2002 सालतिर सिकेकी बताउँछिन्। उनले पहिलो उद्घोषणा जोरथाङको माघे मेलाको सीधा प्रसारणबाट शुरू गरेकी हुन्। यसपछि भने थुप्रै कार्यक्रमहरूमा उद्घोषणा गरिन्। ‘स्वर सिक्किम’, केन्द्रीय मन्त्री कुमारी शैलजा आउँदा चेम्चेमा भएको कार्यक्रममा अनि यसै वर्ष भएको ‘सिक्किम हिमाली प्रतिभाको खोज’ कार्यक्रममा उनले सङ्गल उद्घोषणा गरिसकेकी छन्। गान्तोकमा सुपरिचित नाटककार एवं चलचित्र निर्देशक चुनिलाल घिमिरेद्वारा सञ्चालित च्यानल एस प्रोडक्सन्समा पनि उनले काम गरेकी हुन्।
सामाजिक कार्यमा बेसहारा नानीहरूका लागि सेवा कार्य गर्न उनीहरूसित खुशी बाँड्न मन पराउँछिन्। आफ्नो 11 वर्षीय छोरा सायोकहाङको जन्मदिन नाम्चीकै चिल्ड्रेन होम ‘मायालल्याङ’ -का नानीहरूसित मनाउँछिन्। उनी भन्छिन्, ‘‘मेरो छोराको जन्मदिन ती नानीहरूसित नै मनाउन मन पर्छ। ती नानीहरूले अभिभावकको माया पाउँछन्। मेरो छोराको लागि उनीहरूले प्रार्थना गरिदिन्छन्। ती नानीहरूलाई पनि अभिभावकको माया चाहिन्छ।’’ उनी आङ्गैले खाना बनाएर लान्छिन् र ती नानीहरूलाई खुवाउँछिन्। यस्तो कार्यमा उनलाई धेरै खुशी महसुस हुन्छ अनि ती नानीहरूसित निक्कै समय बिताउँछिन्। उनी भन्छिन्, ‘‘मलाई ती नानीहरूकहाँ जाँदा धेरै खुशी लाग्छ।’’
स्मिताको अर्को उदेकको सोख हो गाडी चलाउनु। उनी कार र्यालीमा पनि भाग लिनसक्छिन। यसबारेमा उनी हाँस्दै भन्छिन्, ‘‘मेरो टप क्वालिफिकेसन गाडी चलाउनु हो। म गाडी निक्कै लामो यात्रामा पनि कुदाउनसक्छु।’’ उनी आफ्नै खुट्टामा उभिन सक्षम सृजनशील महिला हुन्। स्मिता आफ्नै पौरखमा रमाउँछिन् अनि आफ्नो स्वाभिमानमा जिउँछिन्। शुभकामना!!