Sonu Rai

12/06/2013 10:37

        बहु भाषामा गाउन सक्छिन्‌ सोनु

(प्रस्तुत लेख 2 मार्च 2009 सालमा हिमालय दर्पणमा प्रकाशित भएको हो)

---सञ्जय प्रधान----
        घरमा दाज्यू जीवन राईले सांगीतिक माहौल जमाउँदा सानी बालिका सोनु राईलाई संगीतले गहिरो प्रभाव पार्‍यो। तोतेबोली लाग्दाखेरि नै उनले गीत गाउन थालिन्‌। संगीतले उनलाई यति बढ़ी प्रभाव पार्‍यो कि जीवनमा गायिका बन्ने आफ्नो मूल लक्ष्य राखिन्‌। अहिले सोनु र संगीतको पारस्परिक सम्बन्ध नङ र मासुको जस्तो भइसकेको छ। सानैदेखि उनी गाउँथिन्‌ तर विद्यालयमा साथै बाहिरतिर हुने कार्यक्रमहरूमा भने कहिले पनि भाग लिइनन्‌। यसको कारण जान्न चॉंहदा आफ्नो स्तर सही रूपमा नभएसम्म भाग नलिएको उनी बताउँछिन्‌। मनमा दृड़ विश्वास लिएकी सोनु कुनै पनि काम गर्दा एकैपल्टमा राम्रो गर्नुपर्छ र यसको लागि पहिला धेरै कोशिश गर्नुपर्छ भन्छिन्‌। 1994 सालको अक्टोबर महीनामा आफ्नै गाउँ दार्जीलिङको राजबाड़ीमा एउटा ठूलो सांगीतिक कार्यक्रम भएको थियो। करीब दस बाह्र वर्षदेखि सोनुभित्र गॉंठो परेर बसेको प्रतिभा प्रथमपल्ट राजबाड़ीको सो कार्यक्रममा सम्पूर्ण दर्शकहरू चकित भएका थिए। सो बेला अर्न्तराष्ट्रिय चलचित्र उत्सवमा समेत चर्चित भएको कलात्मक चलचित्र ‘‘रूदाली’’-को लता मंगेशकरले गाएकी लोकप्रिय गीत ‘‘दिल हुम हुम करे...’’ सो सांगीतिक कार्यक्रममा गाएर रंगमञ्चको आफ्नो पहिलो प्रस्तुतिमा नै उनले धेरै प्रंशसा बटुलिन्‌।
       गाउनसक्ने प्रतिभा र आत्मविश्वास  उनमा पहिलादेखि नै थियो। राजबाड़ीको सो कार्यक्रमले सोनुकसे आत्मविश्वास अझ धेरै बढ़यो। सोही बेलादेखि पारिवारिक सांगीतिक माहौलबाट बाहिरको विशाल संघर्षमय सांगीतिक संसारमा उनले प्रवेश गरिन्‌। तर यस संघर्षमय संसारमा आफूले कुनै सर्ंघष गर्नु परेको  छैन भन्ने कुरा सोनु सजिलोसित भन्छिन्‌। कुनै पनि क्षेत्रमा उक्लनुलाई केही न केही त संघर्ष गर्न नै पर्छ। संघर्ष गर्नै परेको भए तापनि यसलाई सजिलैसित अङ्गालेर उनी आफ्नो लक्ष्यतिर अघि बड़िरहेको उनीसित कुरा गर्दा महसुस गर्न सकिन्छ। आफ्नो प्रथम प्रस्तुतिबाट नै सफलता प्राप्त गरेपछि बाहिरतिरका सांगीतिक कार्यक्रमहरूमा उनलाई निमन्त्रणा आउन थाल्यो। हिन्दी गीतबाट संगीतको यात्रा शुरू गरेकी सोनुलाई बहु भाषामा गाउनसक्ने बहुमुखी गायिका भन्दा हुन्छ। नेपाली हिन्दी, बंगला, पंजाबी, असमिया, जोङ्‌खा (भुटानी) भाषाहरूमा खूबै मजाले गीत गाउन सक्छिन्‌। अहिलेसम्म डेढ़ दर्जनभन्दा बढ़ी ,एल्बमहरूमा गीत गाएकी छन्‌। यसमध्ये भोटाङका गायक किङ्गा दोर्जीको एल्बम ‘लुमा सेरिरि’-मा जोङ्‌खा भाषामा गीत गाएकी छन्‌। यति बढ़ी एन्बमहरूमा गाइसकेकी सानुले अहिलेसम्म आफ्नो एकल एल्बम निकालेकी छैनन्‌। अब आफ्नो एल्बम निकाल्ने विचार उनले गरिरहेकी छिन्‌। उनले धेरै नाटकहरू अनि टेलि चलचित्रहरूमा पनि गीत गाइसकेकी छिन्‌। हालैमा सिक्किमबाट निर्मित चलचित्र ‘प्रेयसी’-मा पनि उनले आफ्नो स्वर दिएकी छन्‌। सोनुले गीत मात्र गाउँदिनन्‌ गीतको शब्द रचना पनि गर्छिन्‌। उनको गीत दुइवटा एल्बम ‘देवराली’ मा गीता छेत्रीले अनि ‘म भए परदेशी’ मा विकास राईले गाएका छन्‌। उनले रचेका गीतहरू अझै उनीसित छ जो अहिले डायरीमा निर्जीव भएर बसेको छ। आफूले गाएको डेढ़ दर्जन भन्दा बढ़ी एल्बमहरू मध्येमा सिक्किमबाट निर्मित ‘सावन भदौ’ लाई राम्रो एल्बम मान्छिन्‌। यसले निक्कै प्रशंसा बटुल्न सकेको उनी बताउँछिन्‌।
         1994 सालदेखि संगीतको संसारमा प्रवेश गरेपछि 1995 सालदेखि हिमालयन कला मन्दिर दार्जीलिङमा बसन्त छेत्रीसित शास्त्रीय संगीतमा तालिम लिइन्‌। जुन हालसम्म निरन्तर चलिरहेको छ। गायनको क्षेत्रमा आफ्नो गुरूजी बसन्त छेत्रीलाई प्रेरणाको स्रोत साथै अभिभावक मान्छिन्‌। दार्जीलिङ सिक्किमका विभिन्न ठाउँहरूमा उनले धेरै कार्यक्रमहरू गरिसकेकी छिन्‌। पूर्व सिक्किमको रिनाकमा भएको सांगीतिक कार्यक्रममा प्रशंसनीय प्रस्तुति भएको कारणले उनलाई श्रेष्ठ गायिकाको पुरस्कारले सम्मानित गरिसकेको छ। 1994-95 सालमा गोर्खा दुःख निवारक सम्मेलन (गोदुनिस)-को आयोजनामा भएको संगीत प्रतियोगितामा दोस्रो उपविजेता भएकी थिइन्‌। यसका साथै 1997-98 सालमा दार्जीलिङ म्युनिसिपल लेभल स्टुडेन्टस्‌ एण्ड युथ फेस्टिभलमा भएको प्रतियोगितामा विजयी भइन्‌। 1996 सालमा आकाशवाणी खरसाङमा  अडिशन पास गरेर उनी त्यहॉंको अनुमोदित रेडियो कलाकार भइसकेकी छिन्‌। गएको चार वर्षदेखि दार्जीलिङ गोर्खा पार्वत्य परिषद (दागोपाप)-को सांस्कृतिक विभागमा गायिकाको रूपमा कार्यरत्‌ छिन्‌। सोनुलाई नेपालबाट धेरै अफर आइरहन्छ तर घर पनि यतै जॉंगीर पनि यतै भएको कारणले उता जान मिलेको छैन।
      दार्जीलिङको अन्धकारमय संगीतको भविष्य देख्दा उनी दुःख मान्छिन्‌ अनि भन्छिन्‌-‘‘यहॉंधेरै राम्रा राम्रा गायक गायिका, संगीतकारहरू छन्‌ तर एक्सपोज गर्नलाई बलियो मञ्च छैन। हाम्रो संगीतको भविष्यको लागि हाम्रो आफ्नै राष्ट्रिय स्तरको टीभी च्यानल हुनु आवश्यक छ।’’ आफ्नो क्षेत्रमा काम गर्नलाई परिवारबाट पूर्ण सहयोग पाइरहेको उनी बताउँछिन्‌। हालैमा उनलाई लायन्स क्लबले अभिन्दन जनाइसकेको छ। सफल गायिका बन्नको लागि उनी भन्छिन्‌-‘‘आफ्नो गायन ठीक हुनुपर्छ अनि आफ्नो काममा इमान्दारिता हुनुपर्छ।’’ नेपाली गायकहरूमा स्वर सम्राट नारायण गोपाललाई खूब मन पराउँछिन्‌। अहिलेको धेरै उताउलो खालको संगीत उनले मन पराएको जस्तो लाग्दैन। गम्भीर एवं मनलाई छुने खालका गीतहरू उनी मन पराउँछिन्‌। उच्च स्तरको गजलहरू मध्येमा विशेष गरि जगजित सिंहको गजल मन पराउँछिन्‌। सोनु आफू पनि गजल खूबै राम्रो गाउँछिन्‌। विभिन्न भाषामा गीत गाउन मन पराउँछिन्‌-यसलाई उनी संगीतको आँखाले मात्र हेर्छिन्‌। उनको स्वरमा कसैको नकल छैन ढॉंचामा गाउँछिन्‌। सोनुसित गाउन सक्ने बेजोड़ क्षमता छ तर नेपाली समाज यसबाट अनभिज्ञ छ।